मुख्य समाचार
नगरप्रहरीद्वारा दुर्व्यवहारको घटनामा क्षतिपूर्ति प्रदान | ‘डिडिसी’ सुधारका लागि कृषिमन्त्री चौधरीद्वारा नौबुँदे निर्देशिका जारी | सिमकोट आइपुगेका मानसरोवर कैलाश तीर्थयात्रा हिँडेको तीर्थयात्री | हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो | झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य | परीक्षणसम्बन्धी नयाँ नियमले चिया निर्यात ठप्प | प्रहरी टोलीमाथि आक्रमण गर्ने मनसुरी नवलपरासीबाट पक्राउ | नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली | पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ |

‘विश्वविद्यालयहरुका अनावश्यक पद हटाइनु पर्छ’

Ujyalosandeshonline 11310+ समाचार ( )
१७ जेठ २०८१, बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले विश्वविद्यालयहरुमा कर्मचारी पदपूर्तिका लागि राजनीतिक चलखेल भइरहेको उल्लेख गर्दै अनावश्यक पदहरु हटाउनुपर्ने बताएकी छन् । 

सिंहदरबारमा बिहीबार संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै सांसद कार्कीले विश्वविद्यालयमा पदपूर्तिका लागि राजनीतिक हस्तक्षेप भइरहेकाले अनावश्यक पदहरु हटाउन आवश्यक रहेको बताइन् । 

उनले भनिन्, ‘विश्वविद्यालयका कुलपतिलाई कार्यकारी प्रमुखको रुपमा नियुक्त गर्नेगरि विधेयक संशोधन गर्नुपर्दछ । केही साथीहरु उपकुलपति थप्ने भन्ने कुरा पनि गरिरहनुभएको छ । हामी घटाउने भन्नेतर्फ गइरहेका छौं । किनकि हामीले देखिरहेका छौं विश्वविद्यालयहरुमा कुलपति, उपकुलपति र अन्य पदमा नियुक्तिका लागि कति राजनीतिक हस्तक्षेप हुने गरेको छ ।’

विश्वविद्यालयमा कुनै पनि पद खालि राख्न नहुने समेत उनको भनाइ छ । त्यस्तै, सांसद कार्कीले जति धेरै उपकुलपति भर्ना ग¥यो त्यति नै आर्थिक भार बढ्ने भन्दै विश्वविद्यालयले त्यो थेग्न नसक्ने उल्लेख गरिन् । 

उनले भनिन्, ‘विश्वविद्यालयहरुको सुधार गर्नका लागि पदहरु बढाउनुको सट्टा भएका कर्मचारी र जनशक्तिबाट धेरैभन्दा धेरै काम हुनसक्ने गरेर गर्नुपर्छ ।  यसो हुन पनि यो संशोधन आवश्यक छ । विश्वविद्यालयमा रहेका हरेक अनावश्यक पदहरुलाई हटाउँ । भोलिको दिनमा त्यति जनशक्तिले पुगेनछ भने त हामीहरु नै बसेर समाधानको बाटो खोजौंला । जति धेरै उपकुलपति भर्ना ग¥यो त्यति नै सेवा सुविधाहरु बढाउनुपर्ने भएकाले आर्थिक भार पनि बढ्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार