मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 12548+ समाचार ( )
६ कार्तिक २०८२, बिहीबार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । तिहार–२०८२ का अवसरमा जारी शुभकामना सन्देशमा उहाँले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र सन्देशलाई आत्मसात् गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

मुख्यमन्त्री आचार्यले नेपालीहरूको मौलिक सांस्कृतिक चाड तिहारले मानव, प्रकृति र प्राणी जगतबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने बताउनुभएको छ । उहाँले दिदीबहिनी र दाजुभाइबीचको स्नेह, सामाजिक एकता र सामूहिक उत्तरदायित्वलाई सुदृढ बनाउन तिहारले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।

देउसी–भैलोका क्रममा सङ्कलित रकमबाट समाजोपयोगी र रचनात्मक कार्य गर्ने परम्परा हाम्रो साझा सांस्कृतिक सम्पदा भएको भन्दै मुख्यमन्त्री आचार्यले त्यसको संरक्षण र जगेर्ना सबैको दायित्व भएको बताउनुभयो ।

शुभकामना सन्देशमा मुख्यमन्त्री आचार्यले तिहारको मूल्य र मान्यता अनुशासन, सद्भाव र आपसी सहयोगसँग जोडिएको बताउँदै प्रदेश सरकारले यस्ता सांस्कृतिक पर्वका माध्यमबाट समाज रूपान्तरण र सुशासन प्रवद्र्धनका प्रयासलाई निरन्तरता दिएको उल्लेख गर्नुभएको छ ।

उहाँले प्रदेश सरकारले सुशासनलाई प्राथमिकतामा राख्दै चालू खर्च कटौती, पारदर्शिता अभिवृद्धि र भ्रष्टाचार न्यूनीकरणका ठोस कदम चालेको जानकारी दिनुभयो । पूर्वविशिष्ट पदाधिकारीका सेवा–सुविधा खारेजदेखि नै जनउत्तरदायी शासन निर्माणका लागि सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले युवा पुस्ताको सोच र चाहनालाई आत्मसात् गर्दै आत्मनिर्भरता र नवप्रवर्तनमुखी विकासतर्फ सरकार अघि बढिरहेको बताउनुभयो । ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ को लक्ष्य साकार पार्न कृषि, पशुपालन, उद्यम र रोजगारीलाई प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

मुलुकमा देखिएका समस्या र चुनौतीहरूको समाधान संविधानको पूर्ण कार्यान्वयनबाट मात्र सम्भव हुने विश्वास प्रदेश सरकारले लिएको भन्दै उहाँले स्थायित्व, सुशासन र विकासका लागि सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले तिहार पर्वले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना बढाउँदै सामाजिक र सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार