मुख्य समाचार
भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता |

रोहिणीको सदरमुकाम धकधई बजार शौचालयविहीन, यात्रु र स्थानीयलाई सास्ती

Ujyalosandeshonline 12543+ समाचार ( )
२२ असार २०८२, आइतबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाको सदरमुकाम मानिने रोहिणी वडा नम्बर ३ स्थित धकधई बजारमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। दैनिक सयौं मानिसको आवतजावत हुने मुख्य बजारमा शौचालय जस्तो अत्यावश्यक सुविधा नहुँदा यात्रु तथा स्थानीय खुला स्थानमा शौच गर्न बाध्य भएका छन्।

बजारमा किनमेल तथा यात्राको क्रममा पुगेकाहरुले शौचालय नहुँदा ठूलो समस्या भोग्नुपरेको गुनासो गरेका छन्। बसबाट झरेका एक यात्री सुभाष चौधरीले गाउँपालिकाको मुकाममै शौचालय नहुनु लाजमर्दो भएको बताए। "स्थानीय सरकारले तत्काल सार्वजनिक शौचालय बनाउनुपर्छ," उनले भने, "हामी त कहीँ गएर दिशापिसाब गरौंला, तर महिला दिदीबहिनीहरु कहाँ जाने? यो गम्भीर समस्या हो, यसप्रति तत्काल ध्यान दिन अनुरोध गर्दछु।" यस्तै, नवलपरासीबाट धकधई बजार आएकी चन्द्रवाती हरिजनले पनि यति मुख्य बजारमा शौचालय छैन भन्दा अचम्म लागेको प्रतिक्रिया दिइन्।

सार्वजनिक शौचालय जस्तो न्यूनतम पूर्वाधार निर्माणमा समेत गाउँपालिकाले बेवास्ता गरेको स्थानीयहरुको आरोप छ। उनीहरुका अनुसार यसले रोहिणी गाउँपालिका बजार व्यवस्थापनप्रति गैरजिम्मेवार देखिएको प्रस्ट हुन्छ। बजार क्षेत्रमा शौचालय नहुँदा दुर्गन्ध फैलने र स्वच्छतामा समेत असर पर्ने भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार