मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |
मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |


बाजुराका ‘पाउरोटी बड्डा’ : जो डोकोमा पाउरोटी बेचेर मासिक ५० हजार कमाउँछन्

Ujyalosandeshonline 11005+ समाचार ( )
९ मंगशिर २०८२, मङ्गलबार

गोविन्द्र राज तिमिल्सेना

बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिका वडा नम्बर ९ अंगाउपानीका रन बहादुर रोकायाले पाउरोटी व्यवसाय गरेर उदाहरणीय बनेका छन् । ‘पाउरोटी बड्डा’ नामले परिचित रोकाया बाजुराबासीलाई पाउरोटी चिनाउने व्यक्तिको रुपमा समेत चिनिन्छन् ।

विगत १९ वर्षदेखि उनी पाउरोटी व्यवसायमा संलग्न छन् । अहिले रोकाया उमेरले ७२ बर्षको भयो, तर जोश जागर भने उही छ । विगतका दिनहरुमा हरेक दुःख कष्ट झेल्दै आएका रोकायाले अहिले असल व्यवसायकर्मी रुपमा आफूलाई चिनाउनुका साथै सबैको प्रेरणाको स्रोत समेत बनेका छन् ।

विगतका दिनमा भारतको नोकरीबाट घर परिवारको पेट पाल्दै आएका उनले त्यहाँको काम छोडर आफ्नै जन्मभूमि फर्केर पाउरोटी व्यवसायतर्फ उन्मुख भए । अहिले उनले व्यवसायिक रुपमै १९ बर्षदेखि पाउरोटी उद्योग सञ्चालन गरेर बसेका छन् । जुन व्यवसायबाट उनले आफ्ना छोराछोरीहरुलाई उच्च शिक्षा अध्ययन समेत गराए । 

अहिले पनि उनले दुई नाति, एक नातिनी र एक छोरीलाई पढाइ रहेका छन् । पाउरोटी बेचेरै उनको घरधन्दा चलेको छ । विहानै ४ बजेदेखि उनको पेशा, व्यवसाय सुरु हुन्छ । पाउरोटी र डुनोट बनाएर सकेपश्चात् डोकोमा हालेर बेच्नको लागी बजारतिर निस्किन्छन् ।

बजारका पसलहरुमा एकाविहानै डोेकोमा पाउरोटी बोकेर बेच्न लागेको अवस्थामा भेटिएका उनले आफ्ना अनुभवहरु साटेका छन् । उनले ताजा पाउरोटी र डुनोट प्रति एकको १० देखि १५ रुपैयाँका दरले बिक्री गर्दै आएका छन् । पहिले बाउलीमा व्यवसाय सञ्चालन गर्दै आएका उनले अहिले बडिमालिका ८ रावलवाडा डाँडामा कोठा भाडा लगेर व्यवसाय सञ्चालन गरिरहेको छन् । 

व्यवसायबाट मासिक पचास हजार बढि आम्दानी हुने गरेको उनको भनाइ छ । आम्दानी भएको रकमबाट कोठाभाडा तिरेर अन्य सर–सामान किन्दा न्यूनतम १० हजारसम्म बचत हुने गरेको रोकायाले बताएका छन् । आफूभित्रको इच्छाशक्ति, क्रियाशीलता, निरन्तरता र मेहनतले नै सानो व्यवसाय चलिरहेको रोकायाको भनाइ छ ।

उनी पाउरोटी उत्पादन सँगसँगै बजारीकरणका लागि आफै बजारभर हिँड्ने गरेका छन् । रोकाया भन्छन्, ‘विहानै ताजा पाउरोटी र डुनोट डोकामा हालेर बेच्न बजार जान्छु । सवेरै सबै पसलमा पुग्दा नास्ताको लागि ग्राहक बसेका हुन्छन् र सबै पसलेले  किन्ने गर्छन् ।’

मानिसको लागि कुनैपनि पेशा व्यवसाय सानो–ठुलो हुँदैन भन्ने ध्येयका साथ व्यवसाय गरिरहेको उनको भनाइ छ । दिनहुँ पाउरोटी व्यवसायबाट न्यूनतम दुई हजार देखि पच्चिस सय आम्दानी गर्ने गरेको उनको भनाइ छ । मासिक पचास हजार भन्दा बढिको दरले बार्षिक छ÷सात लाख आम्दानी हुने गरेको उनले बताए ।

उनका अनुसार, पाउरोटी व्यवसाय सञ्चालनको लागि पकाउने मेसिन घरेलुले २०७४ सालमा असी हजार बढिको लागतमा उपलब्ध गराएको र धुलो मिच्ने मेसिन असी हजारको लागतमा आफ्नै लगानीमा खरिद गरेको बताएका छन् । उनले भने, ‘अहिले पकाउने मेसिन राम्रो भए पनि धुलो मिच्ने मेसिन बिग्रने अवस्थामा छ । कहिँकतैबाट धुलो मिच्ने मेसिन सहयोग भएको खण्डमा ठुलो राहत हुने थियो ।’

साथै उनले मेसिन उपलब्धताको लागि सबैसंग सहयोगको आग्रह समेत गरेका छन् । साथै रोकायाले अहिले बजारमा बाहिरबाट पाउरोटी र डुनोट आयात हुने हुँदा समस्या थपिएको समेत बताएका छन् । अहिले बजारभर बाहिरबाटै पाउरोटी र डुनोट आउँने गर्छन्, जसले गर्दा व्यवसायमा चुनौती थपिएको छ ।

रोकायले भने, ‘बाहिरबाट आयात भएपनि आफू आफ्नो पेशा, व्यवसायमा लगावका साथ निरन्तरता दिन्छु । जसका कारण उत्पादित पाउरोटी, डुनोट खेर जादैनन् ।  सबै बिक्री हुन्छन् । जसले गर्दा आफू खासै निरास हुनु पर्दैन ।’ रोकाया एक उदाहरण पात्र मात्रै हुन्। यस्ता स–साना व्यवसाय सञ्चालन गरेर असल कर्मको परिचय दिएका व्यक्तिहरु बाजुरामा थुप्रै छन् ।

उनको पेशाले ‘मेहेनत आवश्यक छ, देशमा अवसर छैन भन्न मिल्दैन । कर्म गर्न जरुरी छ । विदेश पलायन हुनुभन्दा आफ्नै ठाउँमा मेहनत गरे प्रतिफल प्राप्त हुन्छ ।’ भन्ने सकारात्मक सन्देश प्रवाह गरेको छ । रोकायाको यो सामान्य पेशा, व्यवसाय एक असल उदाहरण मात्रै होः तर कुनै पनि पेशा व्यवसाय सानो हुदैन् भन्ने कुरा यसबाट जान्न सकिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार