मुख्य समाचार
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’ | ‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’ | जुम्लामा उत्पादन भएको स्याउको अधिक माग | मन्त्रिपरिषद्द्वारा मिटरब्याज पीडितसँग भएको सहमति अनुमोदन | सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै | मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन | जनताको पिरमर्का बुझ्न बस्तीमै पुगिन् बाजुरा प्रहरी प्रमुख, विपद् पूर्वतयारीमा जुट्यो प्रहरी | अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् | बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता | उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च |

हिमाली गाउँका स्थानीयलाई गाउँमा नै एकीकृत सरकारी सेवा

Ujyalosandeshonline 11805+ समाचार ( )
३ मंगशिर २०८२, बुधवार

रामेछाप । रामेछापको एक मात्र हिमाली गाउँपालिका उमाकुण्ड गाउँपालिकाले नागरिकलाई गाउँबाटै सरकारी सेवा प्रवाह गर्न एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । रामेछाप जिल्लको अन्तिम मानववस्ती हिमाली गाउँ वडा नं–१ गुम्देलबाट शिविर सुरु भएको हो । शिविरको शुभारम्भ गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गरे ।  

गुम्देलमा सञ्चालन गरिएको शिविरमा ५३ जनाले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्  । त्यस्तै ५१ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गराएको छ भने ५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ। शिविरमा गाउँपालिका मार्फत वडामा सञ्चालन हुने १० वटा योजना सम्झौता  भएको छ ।  त्यसैगरी ५ व्यवसायीले व्यवसाय नवीकरण गराएका छन्। 

पशु स्वास्थ्य अन्तर्गत ६८ घरधुरीका ८ सय ४ पशुलाई औषधि वितरण गरिएको छ। साथै ९ वटा कुकुरलाई रेबिज विरुद्धको भ्याक्सिन लगाइएको गाउँपालिकाले जनाएको छ । स्थानीय निकायले प्रदान गरिने सेवा पुनः स्थापन तथा दर्ता प्रक्रियाबाट १३ हजार रुपैँया भन्दा बढी राजस्व सङ्कलन भएको गाउँपालिकाले जनाएको छ।

शिविरमा अध्यक्ष सुनुवारका साथै उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेल, वडाध्यक्षहरू तथा सरकारी अधिकारीहरू सहभागिता थियो । शिविर गाउँपालिकाका सबै वडामा सञ्चालन गरिने गाउँपालिका अध्यक्ष सुनुवारले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार