मुख्य समाचार
धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ |

शैक्षिक नतिजा सुधार्न निर्मम समीक्षा जरुरी : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11874+ समाचार ( )
१ पौष २०८१, सोमबार

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको शैक्षिक गुणस्तर र नतिजा सुधारका लागि निर्मम समीक्षा गर्न आवश्यक रहेको बताएका छन् । 

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ योगिकुटीस्थित जनजागृति माध्यमिक विद्यालय ५२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सामूदायिक विद्यालयको नतिजा र गुणस्तर सुधार गर्न निर्मम समीक्षा गर्नुपर्ने बताएका हुन् । उनले नतिजा खस्कनुको पछाडीको कारण खोज्नुपर्ने, त्यसका लागि शिक्षा विज्ञहरुले भूमिका बढाउनुपर्ने र सुधारका विकल्पहरु अघि सार्न आग्रह गरे ।

‘लुम्बिनी प्रदेशको गत वर्षको एसईईको नतिजाले झस्काएको छ । त्यसलाई सुधार गरेर अघि जानुपर्ने छ । यसका लागि निर्मम समीक्षा गरेर जानुपर्ने छ’उनले भने,‘गत वर्षको नतिजाले गम्भिर र चिन्तित बनाएको छ ।’ 

सामूदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न परम्परागत कक्षाकोठालाई रुपान्तरण गरेर आधुनिक प्रविधिसँग जोड्न जरुरी रहेको धारणा मुख्यमन्त्री आचार्यले राखे ।‘ अब परम्परागत रुपमा सोचेर हुँदैन । हाम्रा शिक्षण विधि तथा क्रियाकलापलाई प्रविधिसँग जोड्न जरुरी छ । कक्षाकोठाको रुपान्तरण पनि सोही अनुसार गर्न आवश्यक छ’मुख्यमन्त्री आचार्यले भने,‘अबको शिक्षालाई व्यवसायिक र प्राविधिक बनाउनुपर्छ । पढ्दापढ्दै स्वरोजगार हुनेगरी शिक्षा प्रणाली आजको आवश्यक हो ।’ 

सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यार्थी र विद्यालयप्रति अभिभावकले निगरानी बढाउनुपर्ने समेत उनले बताए ।  विद्यार्थीको पढाइप्रति रुची घट्दै जानु र विद्यालयमा पठनपाठनको वातावरण बनाइराख्न अभिभावकले नियमित निगरानी राख्नुपर्ने आवश्यकता मुख्यमन्त्री आचार्यले औंल्याए । ‘विद्यार्थी किताबमा भन्दा सामाजिक सञ्जालमा बढी भुल्न थाले । यसले शिक्षण सिकाइमा असर पारेको छ । विद्यार्थीलाई किताबमा रुची बढ्ने गरी सिकाइको वातावरण बनाउनुपर्छ । अभिभावकले आफ्ना छोराछोरीको आनिबानी र साथसंगतलाई अनुगमन गर्न जरुरी छ’उनले भने,‘के कारणले छोराछोरीको पढाइ बिग्रिरहेको छ ? यसको कारण अभिभावकले पनि खोज्न जरुरी छ ।’

सामूदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले पनि आफ्नो भूमिकाको आफै समीक्षा गर्नुपर्ने मुख्यमन्त्री आचार्यको भनाइ छ । ‘आफू कार्यरत विद्यालयको नतिजा कस्तो छ ? किन यस्तो भयो भनेर समीक्षा गर्नुपर्दैन ? उनले भने,‘शिक्षक आफ्नो भूमिका र कामप्रति जिम्मेवार बन्न जरुरी छ ।’ विद्यालयमा पूर्ण शैक्षिक वातावरण निर्माणका लागि विद्यालय परिवारले भूमिका बढाउनुपर्ने, त्यसमा तीन तहका सरकारले साथ सहयोग गर्ने मुख्यमन्त्री आचार्यले प्रतिवद्धता व्यक्त गरे । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम प्रसाद भुसालको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा विद्यालयको वार्षिकोत्सवको उद्घाटन गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार