भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका–६ नरैनापुरबाट प्रहरीले कटुवा पेस्तोल र छर्रासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। विशेष गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी निरीक्षक रामभक्त भट्टराईको नेतृत्वमा खटिएको टोलीले २३ वर्षीय अमन कुमार धवलको घरमा खानतलासी गर्दा लुकाएर राखिएको १ थान कटुवा पेस्तोल र २५ राउण्ड छर्रा बरामद गरेको हो।
अवैध हतियार बरामद भएसँगै सोही ठाउँ बस्ने २३ वर्षीय अमन कुमार धवल र २० वर्षीय सुनिल केवटलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।