मुख्य समाचार
दलित पत्रकार सङ्घको अध्यक्षमा बराइली | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई इच्छुक | झुपडीबाट पक्की घरमाः फेरिँदै लहानको मुसहर बस्ती | आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘पहिला घरदेशः अनि परदेश’ र ‘लेक टू लेक’ कार्यक्रम | सत्तरी वर्षमा नागरिकता ! | वित्तीय अपराध नियन्त्रणमा सबैको निकायको सहकार्य आवश्यक | गण्डकी सरकारको नीति तथा कार्यक्रम : धार्मिक पर्यटन परिपथ विकास गरिने | सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता | सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेट हुँदै | पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश |

सीमा अपराध नियन्त्रण गर्न दुई देश सहमत

Ujyalosandeshonline 11442+ समाचार ( )
२५ चैत्र २०८१, मङ्गलबार

रौतहट । नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको बैठकमा सीमा अपराध नियन्त्रण तथा अन्य विविध विषयमा छलफल भएको छ । भारत बिहार प्रान्तको सीतामढीमा दुई देशका सुरक्षा पदाधिकारीहरु बिच बैठक बसेको हो । संयुक्त बैठकमा दुवै देशका सुरक्षा अधिकारीहरु सीमा क्षेत्रमा हुने चोरीका सवारी साधनको अवैध पैठारी, मानव बेचबिखन, लागुऔषध ओसारपसार जस्ता अवैध व्यापार र जाली नोटको कारोबार रोक्न सहमत भएको छ । 

बैठकमा सीमा सुरक्षा र अपराध नियन्त्रण, मानव बेचबिखन, मदिरा तथा लागू औषध ओसारपोसार, अवैध मुद्राको कारोबार नियन्त्रण विषयमा आपसी सहयोग र समन्वयका लागि छलफल भएको रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिए । जघन्य अपराध गरी एक अर्को देशमा लुकेर बसेका अपराधीका बारेमा सूचना आदानप्रदान गर्न, अवैध हातहतियारको कारोबारलाई नियन्त्रण गर्न र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न दुवै देशका सुरक्षाकर्मी सक्रिय रहने सहमति भएको उनले उल्लेख गरेका छन् ।

संयुक्त बैठकमा नेपाल तर्फबाट रौतहट, सर्लाही र महोत्तरीका जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी बल नेपालका प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक, भन्सार कार्यालयका प्रमुखहरुका साथै भारतको तर्फबाट सीतामढी जिल्लाका मुख्य जिल्ला अधिकारीहरुको नेतृत्वमा पुलिस अधीक्षक, भन्सार प्रमुख तथा एसएसबीका अधिकारी हरु, लागू औषध नियन्त्रण अधिकारी लगायतकाहरुको सहभागिता रहेको थियो । उक्त बैठकमा दुबै देशका सुरक्षासंग जोडिएका विषयमा छलफल एवंम समन्वयका आधारमा कार्यहरु अघि बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यलय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार