भैरहवा। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगाँवा, रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकाल र सशस्त्र प्रहरी जवान यमबहादुर खत्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
ढकाल र खत्रीमाथि भारतबाट कर छली गरी घरायसी सामान नेपाल भित्र्याउन सहजीकरण गरेको आरोप छ। अनुसन्धानका क्रममा उनीहरूले दुर्गौलिया नाका हुँदै सामान ल्याउन १५ हजार रुपैयाँ घुस लिएको खुलेको छ। अख्तियारको टोलीले जवान खत्रीलाई १५ हजार घुससहित नियन्त्रणमा लिएपछि यो घटना सार्वजनिक भएको हो।