मुख्य समाचार
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव |

रमाइलो खाँडादेवीको मदन भण्डारी पार्क

Ujyalosandeshonline 12337+ समाचार ( )
१३ वैशाख २०८२, शनिबार

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–५ पकरबासको सल्लेनी वन क्षेत्रमा निर्माण गरिएको मदन भण्डारी पार्क पिकनिक जानेहरूका लागि रोजाइमा पर्दै गएको छ । पार्कमा पिकनिक खान जानेहरुको सङ्ख्या बाक्लै देखिन लागेको छ । जिल्ला सदरमुकाम मन्थलीबाट आधा घण्टाको दुरीमा रहेको पार्कमा मन्थलीको गर्मी छल्न जाने मानिसहरू बाक्लै देखिन लागेका छन् ।

यसको साथै खाँडादेवी मन्दिर दर्शन गर्न जाने मानिसहरू पनि पार्क घुम्न र पिकनिकको लागि जाने गरेका खाँडादेवी गाउँपालिका–५ का वडाध्यक्ष मनोज पौडेलले बताए । सल्लेनी सामुदायिक वनको खालि जग्गामा बनेको सो पार्क निर्माणको लागि सुरुमा खाँडादेवी गाउँपालिकाले १० लाख रुपैँया विनियोजन गरेर डीपीआर गरेको थियो ।

पति रामेछापका कैलाशप्रसाद ढुङ्गेल वाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री हुँदा सो पार्क निर्माणको लागि प्रदेश सरकारले ५० लाख रुपैँया विनियोजन गरेको थियो । सोही बजेटबाट शौचालय, कम्पाउण्ड निर्माण, मदन भण्डारीको प्रतिमा स्थापना लगायतका काम भएका छन् ।  

यसका साथै सो पार्कमा पिकनिक स्पोर्टको लागि वडा कार्यालय र गाउँपालिकाले खानेपानी, किचन लगायतका व्यवस्था पनि मिलाइएको छ । जिल्ला वन कार्यालयसँग समन्वय गरी पोखरी निर्माणको काम गर्ने पौडेलले जानकारी दिए ।

त्यस्तै गाउँपालिकाबाट विनियोजन भएको १५ लाख रुपैँयाबाट थप निर्माणको काम हुने पौडेलले बताए । ‘यो आर्थिक वर्ष भित्र यसलाई खाँडादेवीको एउटा रमणीय पर्यटकीय स्थल बनाउँछौँ’, पौडेलले भने ।पिकनिक स्पट मात्र होइन मन्थली पुगेकालाई घुम्ने थलो पनि पार्क बनेको छ । सल्लाको वन भित्र रहेको पार्क प्राकृतिक हिसाबले पनि निक्कै मनोरम छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार