महिला भएकै कारण हेपिईन चौधरी

राधेश्याम विश्वकर्मा 54+ समाचार ( )
२३ फाल्गुन २०८१, शुक्रबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकाले आफ्नै उपाध्यक्षलाई अपमान गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ मा नवनिर्मित भवनको उद्घाटनको क्रममा पालिकाकी उपाध्यक्ष सुनिता चौधरीको अपमान गरिएको छ । 

वडा नम्बर ५ मा करिब डेढ करोडको लागतमा नवनिर्मित वडा कार्यालय भवन तयार भएको छ । शुक्रबार उक्त भवनको उदघाटन कार्यक्रम राखिएको थियो । बाजागाजा सहित भएको भब्य कार्यक्रमको आयोजना गरिएको थियो । सतियामाई मन्दिरको प्राङ्गणमा भएको उद्घाटन कार्यक्रममा भने एउटा महिला भएकै कारण उपाध्यक्ष चौधरीले आफुलाई अपमानित महशुश गर्नुपरेको छ । भवन उद्घाटनको क्रममा त्यहा दुई वटा शिलालेख राखिएको छ । एउटा शिलान्यासको भने अर्को उद्घाटनको । दुबै शिलालेखमा गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनु), वडा अध्यक्ष मदन प्रसाद पोखरेल, पूर्व प्रशासकिय अधिकृत विपिन क्षेत्री, केही दिन पहिला मात्र हाजिर भएका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थी, वडा सदस्यहरु प्रम लोध, उमाशंकर चौधरी, चन्द्रभावती लोध र कमली हरिजनको नाम लेखिएको छ । तर उपाध्यक्ष सुनिता चौधरीको भने कतै पनि नाम लेखिएको छैन । 

“पूर्व प्रशासकिय र वर्तमान प्रशासकिय अधिकृत सम्मको नाम अटाएको छ, तर जनमतबाटै निर्वाचित भए पनि आदिवासी महिला भएकै कारण मेरो नाम नियतवश नै राखिएको छैन ।” उपाध्यक्ष सुनिता चौधरीले भन्नुभयो “म पनि यहिको वडाबाट मत पाएर निर्वाचित भएको हो, वडा कार्यालयको भवन बनाउन बजेट विनियोजन गर्नुमा मेरो पनि उत्तिकै सहकार्य छ, तर म के कारण यसरी हेपिए जवाफ पाउन सकेको छैन ।”

चौधरीले आफ्नो नाम नभए पनि शिलालेख तोडफोड गर्ने कार्य नगर्ने बताईन । उनले आफुले यसलाई भद्र तरिकाले विरोध गरेको यसलाई सच्याउन आग्रह गरेको उज्यालो सन्देशलाई जानकारी दिईन । “मैले नियतवस नै बिगारेको शिलालेखलाई सच्चयाउन आग्रह गरेको छु, न सच्चाए यसको बिरोधमा के गर्नुपर्ने हो त्यो गर्छु ।” उनले भनिन् 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै