मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |
मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |


बजेट कटौती हुँदा आशातीत काम गर्न नसकेको मन्त्रीको गुनासो

Ujyalosandeshonline 12208+ समाचार ( )
३१ जेठ २०८१, बिहीबार

नवलपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवत चौधरीले किशोरीहरूका लागि लगानी र नीतिगत सुधार गर्नुपर्नेमा सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । 

नवलपुरको देवचुली नगरपालिका  १० स्थित जागृति बाल तथा युवा सरोकार नेपालद्वारा निर्माण गरिएको बालिका सिकाइ तथा स्रोत केन्द्रको अवलोकनपछि किशोरी र बालबालिकाहरूसँग अन्तरसम्वाद गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् । 

उनले किशोरीहरूमा राज्यका सबै निकाय, सामाजिक क्षेत्र तथा समाज, परिवार सबैले लगानी गर्न आवश्यक रहेको बताइन । मन्त्री चौधरीले सरकारले मन्त्रालयगत बजेट दिने क्रममा थोरै बजेट दिने र योजनाअनुसारको बजेट कटौती गर्दा आशातीत काम गर्न नसकेको समेत बताइन । 

‘बालबालिकाहरूको संरक्षण, शिक्षा, स्वास्थ्यमा लगानी तथा उनीहरूको सुरक्षाका निम्ति लगानी गर्न राज्य प्रतिबद्ध छ’, मन्त्री चौधरीले भनिन, ‘त्यसका निम्ति हामीले काम पनि गर्दै आएका छौँ । तर मन्त्रालयत बजेटको सीमितताका कारण आशातीत काम गर्न सकेका छैनौँ ।’

मन्त्री चौधरीले छोरीहरूलाई शिक्षासँगै जीवन उपयोगी शिक्षा समेत सिकाउनुपर्ने बताइन। खासगरी आत्मनिर्भर बनाउनका निम्ति सीप सिकाउनुपर्ने उनको भनाई थियो । सोही योजना अन्तर्गत छोरी आत्मनिर्भर कार्यक्रम ल्याइएको मन्त्री चौधरीले वताइन ।

‘हामीले यो बजेटमा प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याएका छौँ । त्यो विशेष गरी छोरीहरूलाई आर्थिक रूपमा सबल बनाउनका निम्ति ल्याइएको कार्यक्रम हो’, मन्त्री चौधरीले भनिन, ‘स्थानीय तहको सबै पालिकामार्फत सञ्चालन हुने गरी ल्याइएको उक्त कार्यक्रम केही ठाउँबाट पाइलटका रूपमा सञ्चालन हुनेछ । किनभने हामीले योजना बनाएअनुसार बजेटको व्यवस्था हुन सकेन ।’

त्यस क्रममा नवलपुरका किशोरीहरूले मन्त्री चौधरीसँग किशोरीको अधिकार र सरोकारवालाको भूमिकाको बारेमा अन्तरसम्वाद अन्तर संवाद कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा किशोरी अभियन्ता रेजिना घर्ती मगरले तीन तहको सरकारले बालबालिकालाई प्राथमिकता दिनुपर्ने र लगानीको सुनिश्चितताको लागि पहल गर्नुपर्नेमा जोड दिइन । 

सहभागीहरूले विद्यालयमा नर्स कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिनुपर्ने, किशोरीहरूको लागि आवश्यक पर्ने सेनेटरी प्याड गुणस्तरीय र निजी विद्यालयमा पनि उपलब्धता गराइदिनुपर्ने, स्थानीय तहमा किशोरकिशोरीहरूको लागि मानसिक स्वास्थ्यको लागि मनोपरामर्शकर्ताहरूको व्यवस्थापन गरिनुपर्ने, स्थानीय तहमा किशोरीहरूको लागि छुटै डेस्कको स्थापना गरिनुपर्ने, गरिब र सीमान्तकृत बालबालिकालाई राज्यले निःशुल्क शिक्षा र स्वास्थ्यको लागि काम गरिनुपर्ने, दिवा खाजालाई सबै बालबालिकाले पुग्ने गरिएको लागि व्यवस्थापन गरिनुपर्ने लगायतका सवालहरू मन्त्री चौधरीसामु पेश गरेका थिए ।

जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नलनसँगको सहयोगमा किशोरीहरू र बालबालिकाहरूको लागि सो सिकाई केन्द्रको निर्माण गरिरहेको संस्थाका अध्यक्ष तिलोत्तम पौडेलले जानकारी दिए । नेपालमा पहिलो पटक यस्तो खालको संरचना निर्माण थालनी गरिएको भन्दै उनले जोकोहीलाई पनि बालिका र किशोरी अधिकारको बारेमा सूचना लिन र सूचना प्रदान गर्नको लागि अध्ययन केन्द्रको निर्माण गरिरहेको बताए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै