मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

संविधान परिमार्जन गर्न आवश्यक छ : विश्वप्रकाश शर्मा

Ujyalosandeshonline 11768+ समाचार ( )
९ अशोज २०८२, बिहीबार

जनकपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान परिमार्जनको आवश्यकता रहेको बताएका छन् ।जनकपुरधाममा बिहीबार नेपाली कांग्रेस धनुषाको पार्टी कार्यालयको निरीक्षण तथा पार्टी कार्यकर्ताहरुसँग भेटघाट गर्दै महामन्त्री शर्माले पटक पटक भएको आन्दोलनकै कारण प्राप्त भएको संविधान परिमार्जन गर्दै सबैको अपनत्व हुने गरी मधेशी, कर्णालीवासी, आदिवासी, जनजाति, थारुलगायत सीमान्तकृतवर्गलाई थप अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।

यही भदौँ २३ र २४ गते भएको जेनजी आन्दोलनको मुद्दाको सम्बोधन गर्न उनले सरकारसँग माग गरे । तर उनीहरुको माग सम्बोधन गर्ने नाममा पहिलाको हक अधिकार नमास्न समेत आग्रह गरे । जेनजी आन्दोलनको नाममा प्रतिनिधिसभा विघटन गर्नु दुःखद भएको टिप्पणीसमेत गरे । उनले जेनजी आन्दोलनको माग विघटन नभइ उनीहरुको मुद्दाको सम्बोधन गनुपर्नेमा अन्यथा गर्नु नै गलत रहेको स्पष्ट पारे । उनले मधेश आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा गरी जेनजीको माग पूरा गर्न आग्रह गरे ।

अर्को प्रसंगमा उनले पार्टीहरुमा रुपान्तरण हुनुपर्ने बताए । उनले जेनजी आन्दोलनको क्रममा राजनीतिक पार्टीहरुमा पुस्तान्तरणको विषयले जोडतोड पाएकाले यसप्रति कांग्रेसभित्र पनि छलफल भइरहेको बताए । मधेश प्रदेश सरकारमा पनि कांग्रेसले दाबी गरेको छ । उनले मधेश प्रदेशको सरकार अब कांग्रेसले नेतृत्व गर्ने बताए । उनले मधेश प्रदेश स्वायत्तता रहेकाले कांग्रेस मधेश प्रदेशको सभापति कृष्णप्रसाद यादव रहेकाले उनले नै नेतृत्व हुने गरी प्रदेश सरकारका लागि पहलकदमी लिनुपर्ने बताए । उनले काम चलाउ मुख्यमन्त्री सतीशकुमार सिंहले मधेश प्रदेश सरकारबाट मार्गप्रशस्त गर्न आग्रह गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार