मुख्य समाचार
त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ | सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा |

जोशी र ढकाल प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा

Ujyalosandeshonline 12198+ समाचार ( )
२७ वैशाख २०८१, बिहीबार

काठमाडौं । सरकारले नेपाल प्रहरीका एआईजीद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जोशी र ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

उनले भनिन्,‘ अन्तर्राष्ट्रिय स्तरको क्रिकेट कराते तेक्वान्दो र कबड्डीमा विजय तथा पदक प्राप्त गर्ने खेलाडी प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृत दिने निर्णय गरेका छौं ।’

त्यस्तै सरकारले अन्तर्राष्ट्रिय स्तरका खेलाडीलाई पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको पनि उनले जानाकरी दिइन् ।

‘गृह मन्त्रालयको प्रस्तावमा प्रहरी नायब महानिरीक्षकहरु उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने र पदस्थापना गर्ने निर्णय भएको छ,’ उनले भनिन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार