मुख्य समाचार
प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट | खप्तडको त्रिवेणी क्षेत्र | तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर | भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा | रसुवा बाढीपीडितलाई कोटहीमाई गाउँपालिकाको ३५ लाख सहयोग | रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन |

आर्थिक संकट विश्वब्यापी हो, उद्योगी ब्यवसायी निरास नहुनुस ः मन्त्री रिजाल

विवेक विश्वकर्मा 26+ समाचार ( )
६ मंगशिर २०८०, बुधवार

भैरहवा । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले अहिलेको आर्थिक संकट नेपालको मात्र नभइ विश्व व्यापी भएको भएको बताउदै उद्योगी एवम ब्यवसायीहरुलाई निराश नहुन आग्रह गरेका छन् । 

चेम्बर अफ कमर्श, रुपन्देहीको आयोजनामा बुधबार देखि भैरहवामा छैठौं लुम्बिनी प्रादेशिक महोत्सवको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दैै मन्त्री रिजालले मुलुक बनाउन उद्योगी ब्यवसायीको भूमिका महत्वपूर्ण हुने भएको बताउदै अहिले नै निराश नहुन आग्रह गरेका हुन् । “सबैले देश आर्थिक संकटमा छ भनेर भनिरहदा लगानी गर्ने मानिसहरुमा नैराश्यता उत्पन्न भएको मैले महशुश गरेको छु ।” उनले भने “यो समस्या नेपालमा मात्र हैन, संसार भरि आएको हो, अन्य मुलुकका उद्योगी ब्यवसायी एवम अन्य डटेर सामना गरिरहदा हामी निराशाका कुराहरु मात्र गरिरहेका हुन्छौं ।”

उनले नेपाल अहिले अधोगतिमा नभई उभोगतिमा रहेको बताउदै केही विश्सनिय आधारहरु रहेको कारण ढुक्क भएर लगानी गर्न आग्रह गरे । “तपाईहरुको संरक्षकत्व, अभिभावकत्व नेपाल सरकारले लिनेछ, भविष्यमा आउने समस्याहरुको सामना गर्न नेपाल सरकार तपाईहरुको साथमा रहनेछ ।” रिजालले भने “ब्याजको समस्याको बिषयमा नेपाल सरकारको पहल भईरहेको छ, निराश भईहाल्नु पर्ने अवश्था छैन ।”

सोही कार्यक्रममा बोल्दै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहले मेला औद्योगिक बस्तुको खरिद बिक्री मात्र नभई संस्कारहरुको पुस्तान्तरण समेत रहेको बताईन । यसै सन्दर्भमा सामान्य प्रशासन एवम संघिय मन्त्रालयले “नव प्रवर्तनमा आधारित स्थानिय आर्थिक विकासको अवधारणा” बढाएको उनले बताईन । यसको लागि चालु आर्थिक बर्षमै कार्यक्रम र कार्यान्वयनमा लागेको उनको भनाई छ ।

स्थानीय उत्पादन र कृषिको प्रवद्र्धन गर्ने उद्देश्य सहित भैरहवामा आयोजित मेला मंसिरको १८ गते सम्म सञ्चालन हुने छ । महोत्सवमा खेलकुदको प्रवद्र्धनका लागि भलिबल, कुस्ती लगायतका खेल प्रतियोगितामा महोत्सव सञ्चालन गरिदै छ ।  महोत्सवमा ३ सय ५० स्टल रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार