मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

मानव अधिकार संरक्षण मञ्चको अध्यक्षमा विश्वकर्मा

Ujyalosandeshonline 11768+ समाचार ( )
२९ पौष २०८०, आइतबार

काठमाडौं । नेपालको सबैभन्दा पूरानोमध्येको एक मानव अधिकारवादी संस्था मानव अधिकार संरक्षण मञ्चको अध्यक्ष गणेश विश्वकर्मा निर्वाचित भएका छन् । मञ्चको शनिबार पोखरामा सम्पन्न चौँथो साधारण सभा तथा आठौँ राष्ट्रिय सम्मेलनले विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सावित्री श्रेष्ठ, महासचिवमा श्रीकान्त खतिवडा, सचिवमा धनन्जय खनाल र कोषाध्यक्षमा विना खड्का चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा कृष्ण न्यौपाने, दुर्गा कोइराला, हरिप्रसाद शर्मा, सुरेन्द्र थापामगर, निर्मला महत, डिल्लीराज जोशी, गीता कोइराला, भगवान भण्डारी, कमलप्रसाद अर्याल, यमबहादुर विक, राजु पासवान र लेखनाथ सिकारु निर्वाचित भएका छन् ।

अधिवेशनले कमलप्रसाद अर्यालको संयोजकत्वमा १७ सदस्यीय गण्डकी प्रदेश कार्यसमिति समेत चयन गरेको छ । सम्मेलनले संक्रमणकालीन न्याय र मानव अधिकार सम्बन्धी विशेष प्रस्ताव पारित गरेको नवनिर्वाचित अध्यक्ष विश्वकर्माले जानकारी दिए ।

सम्मेलनका अवसरमा संक्रमणकालीन न्याय र मानव अधिकार विषयक अन्तक्र्रियासमेत गरिएको थियो ।

सम्मेलनमा मञ्चका संस्थापक सदस्य तथा मानव अधिकार आयोगका पूर्व सदस्य सुशील प्याकुरेलले संक्रमणकालीन न्यायको व्यवस्थापन नेपालको यथार्थ धरातलमा आधारित हुनुपर्ने बताए । ‘२० औं वर्ष द्वन्द्वको व्यवस्थापन भइसकेको भन्ने अन्य केही मुलुकको अनुभवलाई हेर्दा पनि द्वन्द्व स्थायी समाधान भएको देखिदैन, उनले भने, ‘यसलाई व्यवहारमा नै स्थायीरुपमा समाधान गर्न त्यति सजिलो छैन । संक्रमणकालिन न्यायको व्यवस्थापन नेपालको यथार्य धरातलका आधारमा पिडितमैत्री हुनुपर्छ ।’

नागरिक अगुवा एवम् वरिष्ठ पत्रकार कनकमणि दिक्षितले नागरिक समाज र सञ्चारकर्मीले संक्रमणकालीन न्यायलाई पीडितको पक्षमा हुने गरी आवाज उठान गर्नु आवश्यक रहेको बताए ।

त्यस्तै, एडभोकेसी फोरम नेपालका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता हरीप्रसाद सुवेदीले पीडितको सहमति र अनुमति बेगर पीडितको हकहित विपरीत शान्ति प्रक्रिया टुंगोमा पु¥याए त्यो मान्य नहुने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार