मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

अवैध रुपमा चाँदीका सामान ओसारपसार गरेको आरोपमा पक्राउ

Ujyalosandeshonline 12537+ समाचार ( )
२५ माघ २०८०, बिहीबार

मोरङ । चाँदीका गहना र सामानहरु अवैध रुपमा ओसारपसार गरेको आरोपमा प्रहरीले एकजना भारतीय युवकलाई बिहीबार पक्राउ गरेको छ ।

मोरङको रङ्गेली नगरपालिका–७ कालीमन्दिर चोकबाट साढे २ किलोभन्दा बढीको चाँदीका सामानसहित ती युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अवैध रुपमा चाँदीका सामानहरुको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको टोलीले भारतको अररिया आमगाछी पञ्चायत–१३ का २२ वर्षीय मोहमत अलताफलाई पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले चाँदीको पाउजु ६९ जोडी, चाँदीको लोटा २५ थान, चाँदीको कलस ६ थान गरी जम्मा २ किलो ५४८ ग्राम चाँदी  बरामद गरेको जनाएको छ ।

लुकाएर बोकेको चाँदीका सामानसहित पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार