मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

गणतन्त्रले अधिकारसँगै कर्तव्यको बोध गराएको छ : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 10783+ समाचार ( )
१६ जेठ २०८२, बिहीबार

दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले १८ औं गणतन्त्र दिवसकाे अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना एवं बधाई ज्ञापन गर्नुभएको छ । मुख्य मन्त्री आचार्यले आजको दिन नेपाली जनताले ऐतिहासिक विजय हासिल गरेको दिनको रूपमा स्मरण गर्दै गणतन्त्र नेपालको गौरवपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो । `१७ वर्षअघि नेपाली जनताले गरेको निरन्तर संघर्ष, त्याग, बलिदान र जनआन्दोलनको सफलताको रूपमा हामीले यही दिन संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका थियौं´ शुभकामना सन्देशमा भनिएको छ`यही दिनबाट सम्पूर्ण नेपाली नागरिक सार्वभौम बनेका छाैं ।´

मुख्यमन्त्री आचार्यले समावेशी, समानुपातिक, न्यायसंगत र उत्तरदायी शासनको जग बसालिएको दिनको स्मरण गर्दै वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।  `गणतन्त्रले हामीलाई अधिकार मात्रै दिएको छैन, कर्तव्य पनि दिएको छ । जनताको सहभागितामूलक शासन प्रणालीमा प्रदेश सरकारहरूलाई सशक्त बनाउँदै संघीयताको संस्थागत विकास र सुद्धीकरण गर्नु आजको आवश्यकता हो ।´शुभकामना सन्देशमा भनिएको छ ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले संविधानको भावना अनुसार प्रदेश सरकारको भूमिकालाई प्रभावकारी बनाउन योजनाबद्ध ढंगले कार्यहरू अगाडि बढाइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकारले सेवा प्रवाहको सुधार, सुशासन प्रवर्द्धन, युवालाई स्वरोजगार तथा उद्यमशीलता तर्फ प्रेरित गर्ने कार्यक्रम, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, शिक्षामा गुणस्तर सुधार, स्वास्थ्य सेवामा पहुँच विस्तारलगायतका क्षेत्रमा महत्वपूर्ण कार्यहरू अघि सारेको छ ।

उहाँले प्रदेश सरकार संघ र स्थानीय तहसँग सहकार्य गर्दै प्रदेशको क्षमता विस्तार, समृद्धि र सामाजिक न्याय कायम गर्न विशेष जोड दिइरहेको बताउनुभयो । मुख्यमन्त्री आचार्यले गणतन्त्रले स्थापित गरेको राजनीतिक अधिकारलाई जनताको जीवनस्तरसँग प्रत्यक्ष जोड्नु साझा जिम्मेवारी भएको स्पष्ट पार्नुभयो । उहाँले उत्पादनमा वृद्धि, न्यायोचित वितरण, रोजगारी सिर्जना र जनउत्तरदायी शासन प्रवर्द्धनमार्फत मात्रै गणतन्त्रको मर्मलाई साकार पार्न सकिने धारणा राख्नुभयो ।

`गणतन्त्र दिवस स्मरण, प्रतिबद्धता र सङ्कल्पको दिन हो´ उहाँले भन्नुभयो`आजको दिन हामीले विगतको योगदानलाई सम्झिनुका साथै वर्तमानको मूल्याङ्कन गर्दै भावी पुस्तालाई समुन्नत, समावेशी र आत्मगौरवपूर्ण उत्साह हस्तान्तरण गर्ने सङ्कल्प गर्नुपर्छ ।´

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार