‘मौलिक संस्कृति बचाउँ, पर्यटनमा टेवा पुर्याउँ’भन्ने उद्देश्यका साथ पर्यटन बोर्डमा सेलरोटी पकवान प्रतियोगिता

Ujyalosandeshonline 11431+ समाचार ( )
१६ कार्तिक २०८१, शुक्रबार

काठमाडौं । उज्यालोको पर्व तिहारको अवसर पारेर काठमाडौं स्थित नेपाल पर्यटन बोर्डको प्राङ्गणमा सेलरोटी पकवान प्रतियोगिता–२०८१ गरिएको छ । सेलरोटी बिनाको तिहार खल्लो हुने नेपाली मान्यता रहिआएकाले ‘मौलिक संस्कृति बचाउँ र पर्यटनमा टेवा पुर्याउँ’ भन्ने उद्देश्यका साथ पहिलो पटक प्रतियोगिता गरिएको हो । 

नेपालीको अति लोकप्रिय, पवित्र र पौराणिक खाने कुरा सेलरोटी प्रतिको मौलिकता बाचय राख्न पनि महिला दिदीबहिनीहरुको सहभागितामा प्रतियोगिता गरिएको हो । ट्रिनिटी मार्केटिङ एण्डइभेन्टम्यानेजमेन्टको संयोजनमा नेपाल पर्यटनबोर्ड, पर्यटन पत्रकार संघ (जाट–नेपाल), सेफ एसोसियसन अफ नेपाल, महिला उद्यमी संघ, उनी वस्तु विकास संघ, पर्ल वासमती चामल, निभियालोसन, डेवान्स इन्जिनियरिङ, किवानिस क्लबअफ मेरिगोल्ड, किवानिस क्लब अफ धौवलागिरी लगायतको सहयोगमा प्रतियोगिता गरिएको हो ।

पूर्व सांसद नवराज सिलवालले सेलरोटी पकाएर प्रतियोगिताको उद्घाटन गरेका हुन् । कार्यक्रममा शुभकामना दिँदै पूर्व सांसद सिलवाले परम्परागत खाना एवं संस्कृति को संरक्षणमा लाग्नु आफैंमा सुखद पक्ष रहेको धारणाव्यक्त गरे । कार्यक्रम मा पर्यटन पत्रकार संघ (जाट–नेपाल) का अध्यक्ष देवी प्रसाद पन्तले मौलिक खाना सेलरोटीको जगेर्ना सँगै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । प्रतियोगिताकी संयोजक साबित्री ढुंगानाले महिला दिदी बहिनीहरुको आफ्नो मौलिक सिप एवं कलालाई प्रतियोगिता मार्फत उजागर गर्दै संरक्षणमा आगामी दिनमा थप हौसला प्रदान गर्न आफूहरु लागि परेको बताइन् ।  

प्रतियोगितामा काठमाडौं उपत्यकाका २६ जना महिलाहरुको १३ समूह सहभागी भएको थियो । सहभागीहरु मध्ये प्रथम, द्धित्तीय र तृत्तिय स्थान हासिल गर्नेलाई मेडल, सम्मान पत्र र पुरस्कार स्वरुप चामल प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागी सबैलाई प्रमाणपत्रले सम्मान गरिएको थियो । प्रतियोगिताको निर्णायकहरुमा सेफ एसोसियसन अफ नेपालका निवर्तमान अध्यक्षएवं सेफ एसोसियसन फाउण्डेसनका सञ्चालक श्याम लामा, वरिष्ठ सेफ रत्नबहादुर थापा, सेफ एसोसियसन अफ नेपालका महासचिव पदम आले मगर रहेका थिए ।

निर्णायकहरुले सेलरोटी बनाउँदा ध्यान दिनुपर्ने पक्षहरु, मिश्रण गर्न सकिने सामग्री लगायत बारे प्रतियोगीहरुलाई जानकारी दिँदै हौसला प्रदान गरेका थिए । नेपाली समाजमा तिहार, विशेष पर्व, पूजा, विवाह, धार्मिक कार्य लगायतमा सेलरोटीको पकवानको विशेष महत्व रहेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार