मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

गलत सूचना प्रवाह र सुरक्षा चुनौतीबारे नक्सालमा विज्ञहरूको बहस

Ujyalosandeshonline 12614+ समाचार ( )
२७ माघ २०८२, सोमबार

काठमाडौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सोमबार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा ‘अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका’ विषयक एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले सञ्चार माध्यम लोकतन्त्रको मेरुदण्ड र राज्य तथा नागरिकबीचको सेतु भएको चर्चा गर्नुभयो ।

उहाँले डिजिटल युगमा सूचनाको होडबाजीका कारण ‘मिस इन्फर्मेसन’, ‘डिस इन्फर्मेसन’ र ‘डिप फेक’ जस्ता चुनौतीहरू बढेको भन्दै यसले शान्ति सुरक्षा र न्यायिक प्रक्रियामा असर पार्न सक्ने बताउनुभयो । महानिरीक्षक कार्कीले प्रहरी र सञ्चार माध्यम दुवैको साझा लक्ष्य सत्यको खोजी गर्नु रहेकाले आपसी समन्वय, निष्पक्षता र तथ्यमा आधारित सूचना सम्प्रेषण हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले स्वागत मन्तव्य राख्नुभएको थियो भने नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले शुभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा वरिष्ठ पत्रकार लक्ष्मण हुमागाँई र अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्र बहादुर शाहले गलत सूचना प्रवाहले निम्त्याउने जोखिम र सुरक्षा चुनौती सम्बन्धी अलग-अलग कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

उक्त कार्यपत्रहरूमाथि अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल र वरिष्ठ पत्रकार प्रतिक प्रधानले टिप्पणी गर्नुभएको थियो।प्रहरी र सञ्चारकर्मीबीच प्रभावकारी समन्वय र सहयोग आदानप्रदान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विशिष्ट प्रहरी अधिकृतहरू, सरकारी अधिकारीहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार