मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

अर्घाखाँचीमा 'हाम्रो साहस' परियोजना अन्तर्गत नागरिक शिक्षा कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 12444+ समाचार ( )
५ मंगशिर २०८२, शुक्रबार

अर्घाखाँची । दलित महिला संघ (फेडो) अर्घाखाँचीले युएन वुमनको साझेदारीमा सञ्चालित 'हाम्रो साहस' परियोजना अन्तर्गत सदरमुकामस्थित भगवती माध्यमिक विद्यालयमा नागरिक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ। न्यायमा पहुँच र सशक्तीकरणको उद्देश्यले विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि यो अनुशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सहजीकरण गर्दै अधिवक्ता विजय केसीले सभ्य, अनुशासित र परोपकारी समाज निर्माणको मुख्य आधार नै नागरिक शिक्षा भएको बताए। उनले सामाजिक सद्भाव, एकता कायम राख्न तथा एक-अर्काको विचार र अधिकारको सम्मान गर्ने बानीको विकास गर्न नागरिक शिक्षा अपरिहार्य रहेको धारणा राखे । त्यस्तै, विद्यालयका प्रधानाध्यापक ध्रुव बी. केसीले विद्यार्थीहरू राष्ट्र निर्माणका अभियन्ता भएको बताउँदै सभ्य समाज निर्माणका लागि हरेक नागरिक सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

संस्थाकी सचिव बसन्ता आचार्य गहतराजको अध्यक्षता र पत्रकार अनिल नेपालीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा संस्थाकी कार्यक्रम संयोजक राधा नेपालीले विषयवस्तु माथि प्रकाश पारेकी थिइन्। फेडोले विगत केही महिनादेखि जिल्लामा हानिकारक सामाजिक विभेदविरुद्ध विभिन्न अभियान सञ्चालन गर्दै आएको छ। हाल 'हाम्रो साहस' कार्यक्रम भूमिकास्थान नगरपालिकाको वडा नं ३ र ४ तथा सन्धिखर्क नगरपालिकाको वडा नं २ र १० मा सञ्चालन भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार