मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |

मुख्यमन्त्री कप ब्याडमिन्टन हुँदै

Ujyalosandeshonline 12208+ समाचार ( )
२ माघ २०८०, मङ्गलबार

काठमाडौं । फिटनेस पार्क ब्याडमिन्टन एकेडेमीको आयोजनामा प्रथम मुख्यमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बुधबारदेखि हुने भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा ९ स्पर्धा समावेश गरिएको जानकारी गराइयो ।  

विश्व ब्याडमिन्टन महासंघको नियमअनुसार खेलाइने प्रतियोगितामा पुरुष एकल, महिला एकल, यु–१९ पुरुष एकल, यु– १९ महिला एकल, यु– १३ महिला एकल, यु–१३ पुरुष एकल, पुरुष युगल, ४५ वर्ष भन्दा माथिको भेट्रान्स तथा ५५ वर्ष भन्दा माथिको भेट्रान्स स्पर्धा समोवश छ । सम्पूर्ण खेलहरु काठमाडौंको वसुन्धरास्थित आयोजककै कभर्ड हलमा हुने छ ।

प्रतियोगिताको पुरुष र महिला एकलको विजेतालाई ५० हजार, उपविजेतालाई २५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कार छ ।यसैगरी यु–१९ स्पर्धामा उपाधि विजेतालाई २५ हजार, उप विजेतालाई १५ हजार तथा तेस्रो हुने खेलाडीलाई ५ हजार रुपैयाँ पुरस्कार छ ।

पुरुष युगलतर्फ विजेता जोडीलाई ५० हजार, उपविजयीलाई २५ हजार तथा तेस्रो हुने जोडीलाई १० हजार रुपैयाँ पुरस्कार छ । ४५ वर्षभन्दा माथिको भेट्रान्समा विजयीलाई ३० हजार, उपविजयीलाई २० हजार तथा तेस्रो हुनेलाई १० हजार पुरस्कार छ । ५५ वर्ष भन्दा माथिको भेट्रान्स समूहमा विजेतालाई २० हजार, उपविजेतालाई १० हजार तथा तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कार छ ।

पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक राम त्रिपाठी, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सुवास श्रेष्ठ, अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्याल, फिटनेस पार्क एकेडेमीका प्रोप्राइटर अर्जुन पोखरेल, खेतान स्पोर्ट्स फाउन्डेसनका प्रमुख कार्यकारी विकास खेतानलगायत उपस्थित थिए । प्रतियोगितामा २ सय भन्दा बढी खेलाडीको सहभागिता रहने  छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार