मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |
मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |


घरायसी विवाद पालिकामै मिलाउल अव्वल सुस्ता गाउँपालिका

सितमती हरिजन 24+ समाचार ( )
२२ असार २०८२, आइतबार

सुस्ता । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता गाउँपालिकाले घरायसी विवादहरूलाई स्थानीयस्तरमै समाधान गर्ने अभ्यासलाई तीव्रता दिएको छ । न्यायिक समितिमा आउने विवादहरूलाई मेलमिलापका माध्यमबाट निरुपण गर्ने कार्य भइरहेको गाउँपालिकाले जनाएको छ । 

यस पहलले गर्दा सामान्य प्रकृतिका घरायसी झगडा तथा मनमुटावहरू अदालतसम्म पुग्नुपर्ने अवस्था घटेको छ । गाउँपालिकाको न्यायिक समितिले दुवै पक्षलाई राखेर छलफल गराउने, वास्तविकता बुझ्ने र समझदारीमा ल्याउने काम गर्छ । यसले गर्दा विवादको समाधान छिटो, कम खर्चिलो र सौहार्दपूर्ण वातावरणमा हुने गरेको स्थानीयवासीको भनाइ छ ।

सुस्ता गाउँपालिका वडा नं २ मा बस्ने मनतुरी मुसहरले गाउँपालिकामा विवाद लिएर जादा सहज न्याय पाएको बताइन् । उनले भनिन् “मलाई त थाहा पनि थिएन । कि अब गाउँपालिकामा पनि न्याय यति राम्रोसँग हुन्छ । मलाई यति थाहा थियो कि प्रहरी चौकीमा मात्र न्याय हुन्छ । तर मेरो घरमा जब कुटपिट भयो त्यसपछि न्याय पाएपछि बल्ल विश्वास लाग्यो ।” 

मनतुरी मुसहरका अनुसार उनीमाथि कुटपीट भएपछि स्थानीयबाट उनले न्यायिक समिति बारे थाहा पाएकी हुन् । “गाउँकै काकाले बताउनुभयो कि “गाउँपालिकामा पनि मुद्दा दर्ता हुन्छ । र अन्त कहीँ जानु पर्दैन । पालिकामा जाऊ अनि न्यायपालिकामा मुद्दा दर्ता गर ।” उनले बताइन् “मलाई गाउँपालिकाको न्यायिक समितिले एकदमै सजिलो तरिकाले सुझाव दिनुभयो । हामीलाई कुनै करकापमा नपारी सहज अनि सरल तरिकाले मिलापत्र गराइदिनु भो  ।”

मनतुरी जस्ता धेरै स्थानियहरुको घरायसी भैm झगडा उपाध्यक्ष एवम न्यायिक समितिकी संयोजक गीता चौधरी सहितको ३ जनाको न्यायिक समितिले मिलाउन सक्रिय छन् । सुस्ता गाउँ पालिकाको न्यायिक समितिमा आर्थिक  वर्ष २०८१÷०८२ मा  ३७ वटा मुद्दा दर्ता भएका छन् । न्यायिक  समिति  संयोजक गिता चौधरीले यस आर्थिक वर्ष भित्रमा  विभिन्न  शीर्षकका ३७ वटा मुद्दा  दर्ता  भएको  जानकारी  दिईन । यी मध्ये २६ वटा मिलापत्र गरी मिलाइएको छ । 

चौधरीका अनुसार अधिकांश मुद्दा घरायसी विवादको रहेको थियो । ३७ वटा मुद्दाहरु मध्ये जग्गा खिचलोका १८ वटा मुद्दा छन्  । त्यस्तै जग्गा अंशबण्डा सम्बन्धि चारवटा, रूखबिरुवा लगाएर हुन आएको क्षति तथा बालीनाली नोक्सानीका तीन वटा मुद्दा दर्ता रहेका छन् । विशेष गरी ग्रामीण जग्गा अतिकमण गरी घर वास बनाइएको, पतिपत्नी बीचको विवाद, आली तथा सीमाना विवाद, शौचालयको फोहोरले प्रदूषण फैलिएको, गाली बेइज्जती तथा कुटपिट लगायत महिला हिंसाका पनि मुद्दा दर्ता हुने गरेको सुस्ता गाउँपालिका उपाध्यक्ष चौधरीले जानकारी दिइन । 

“गाउँपालिकाले पालिकामा आएका विवाद मसिनो गरी हेर्ने र मेलमिलापको माध्यमबाट विवाद मिलाउने गरेकाले पालिकामा मुद्दा आउने क्रम बढेको छ ।” चौधरीले भनिन् “गत वर्ष ३४ वटा मुद्दा दर्ता भएकोमा यस वर्ष बढेर ३७ वटा पुगेको छ, यसले पनि स्थानियहरु पालिका प्रति विश्वस्त भएको देखोछ ।” 

स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति छन् । जहाँ स्थानीय स्तरका स–साना विवाद घरेलु हिंसा लगायतका घटना मेलमिलाप वा इजलासको प्रक्रिया द्वारा न्याय सम्पाद्न हुन्छ ।  गाउँपालिका स्तरमा रहेका धेरै विवाद अझैपनि स्थानीय तहमा जादैनन् । न्यायिक  समितिमा विवादका घटना जानु साटो प्रहरीमा जान्छन् । यसमा भने अझै जनचेतना फैलाउन आवश्यक रहेको चौधरीको भनाई छ । 

सुस्ता गाउँपालिकाकी उपाध्यक्ष गीता चौधरी गाउँमा हुने विवादलाई स्थानीय तहमा समाधानका लागि ल्याउन नागरिक समाज र प्रहरीसँग सहकार्य गरीरहेको बताउछिन । त्यसका लागि पटक पटक प्रहरी र नागरिक समाजसँग बैठक बसी घटना पालिकामै ल्याउन पहल गरिरहेको उनको भनाइ छ । 

सुस्ता गाउँपालिका न्यायिक समितिले विवाद मिलाउने र अन्यायमा परेकालाई न्याय दिने सवालमा कुनै राजनीतिक दबाव वा प्रभावमा नपरी निष्पक्ष तरिकाले न्याय प्रवाह गरिरहेको छ । न्यायपालिकामा आउने सबै नागरिकहरूको पीडालाई मलम लगाउन आफूहरू सफल भएको न्यायिक समितिको दाबी छ ।

सुस्ता गाउँपालिकाको यो प्रयासले स्थानीय तहमा न्यायमा पहुँच बढाउनुका साथै सामाजिक सद्भाव कायम राख्न महत्वपूर्ण भूमिका खेलेको सरोकारवालाको भनाई छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार