मुख्य समाचार
जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड |

संविधान अपुरो हुनुमा माओवादी सरकार जिम्मेवार

Ujyalosandeshonline 12613+ समाचार ( )
१६ असार २०८१, शनिबार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष बाबुराम भट्टराईले तत्कालिन माओवादी सरकारले संविधान बनाउन नसक्दा संविधान अपुरो भएको टिप्पणी गरेका छन् । 

शनिबार एन्टिथेसिस पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले अपुरो संविधान बनेकै कारण कार्यान्वयनमा जटिलता आएको बताएका छन् । 

उनले भने, ‘ माओवादीले संविधान बनाउन पाएको भए योभन्दा राम्रो बन्थ्यो । हामी अझै १५, २० वर्षसम्म जान सक्थ्यौं । तत्कालिन माओवादी सरकारले संविधान निर्माण गर्न नसक्दा संविधान अपुरा बन्यो । अपुरो संविधान छ । संविधान अुनसारका कानून बनेका छैनन् ।’

अपुरो संविधान बनेकै कारण प्रर्याप्त कानून बनाउन नसकिएको उनको भनाइ छ । कम्युनिष्ट पार्टीहरुले लामो समय सरकार चलाएको भएपनि परराष्ट्र नीति र शिक्षा नीति बनाउन नसकेको भट्टराईको आरोप छ । 

उनले भने, ‘परराष्ट्र नीति हामीले परिवर्तन गर्न सकेका छैनौं । शिक्षा नीति बनिसकेको छैन । त्यसो हुँदा संविधान कार्यान्वयन गर्न सकिरहेको छैन । आर्थिकका सवालमा खु्ला सिमाना भएको भारतसँग कुरै गर्दैनौं, उद्योगधन्दाहरु उहिल्लै चौपट भइसकेका छन् । पहिलो उद्योग क्षेत्र मर्यो, अहिले कृषि क्षेत्र चौपट हुँदैछ । त्यसैले अहिले युवाहरु पलायन भइरहेका छन् । अनि सरकारले यो देशमा यति कर्मचारी पठाए भनेर समाचार छाप्न लगाउँछ । यही हो बामपन्थी सरकार, यही हो माओवादी सरकार ? म कसैलाई व्यक्तिगत दोष दिन चाहन्न तर यो संरचनात्मक समस्याहरु हुन् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार