मुख्य समाचार
समाजवाद निर्माणको मुख्य आधार कृषिः प्रचण्ड | कोटहीमाई–४ मा राप्रपाको वडा कार्यसमिति गठन, अध्यक्षमा मनोहर पासी | नीतिगत र कानुन सुधार मन्त्रालयको प्राथमिकतामा छ : गृहमन्त्री | पांच करोड पर्ने ढुंगा दिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ | राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा कोटहीमाई–३ मा वडा कमिटी गठन, अध्यक्षमा कुर्मी | आफ्नो कुकर्म ढाकछोप गर्न दुई ठुला दल मिलेका छन् : राजेन्द्र महतो | आउने फागुन ३ गते ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा गर्ने तयारी | भाषणले मात्रै देश बन्दैन : सांसद भण्डारी | नेपाली समाजले आवश्यकता अनुसार प्रगति गर्न सकेन् : श्रेष्ठ | डेढ करोडको लागतमा जनकपुरधामको ऐतिहासिक राममन्दिरको सौन्दरीकरण हुने |

बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाएर काम गर्न कर्मचारीहरुलाई अर्थमन्त्रीको आग्रह

Ujyalosandeshonline 5842+ समाचार ( )
७ माघ २०८१, सोमबार

काठमाडौं । कृषि विकास बैंक स्थापनाको ५८ औँ वर्षमा प्रवेश गरेको छ । कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा मान्यता पाएको थियो ।

बैंकको ५८औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकको क्षमता, सामर्थ, बैंकको प्रतिष्ठा र बैंकको इज्जतलाई पहिलो कार्यसूची बनाउन बैंकका सबै कर्मचारीहरुलाई आग्रह गरेका छन् । उनले बैंक सबल, प्रभावकारी र बैंकको इज्जत माथी उठ्यो भने समस्त कर्मचारीहरुको ईज्जत माथि उठ्ने भएकाले बैंकको इज्जतलाई पहिलो कार्यसूची बनाउन आग्रह गरेका हुन् ।

उनले भने, ‘विशेषगरी बैंकको व्यवस्थापन र कर्मचारी साथिहरुकाबीचमा जिवन्त सम्बन्ध हुनुपर्छ । जहाँ राम्रो सम्बन्ध हुन्छ त्यहाँ प्रगति हुन्छ । म सबै  कर्मचारीहरुलाई आग्रह गर्न चाहन्छु । यहाँहरुले सबै भन्दा पहिलो प्राथमिकता बैंकको क्षमता, बैंकको सामर्थ, बैंकको प्रतिष्ठा र बैंकको ईज्जतलाई पहिलो कार्यसूची बनाउनु पर्दछ ।बैंक सबल भयो, बैंक प्रभावकारी भयो, बैंकको ईज्जत माथि उठ्यो भने समस्त कर्मचारीहरुको ईज्जत माथि उठ्छ ।’

साथै उनले प्राय व्यवस्थापन र कर्मचारीबीच राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरुले अपेक्षित प्रगती गर्न नसकेको बताए । उनले हरेक बैंकहरुले रोजगारी सिर्जना हुने ठाउँमा आफ्नो लगानी गर्न समेत आग्रह गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार