मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

जनकपुरधाम यातायात व्यवस्था कार्यालयको नयाँ भवन शिलान्यास

Ujyalosandeshonline 12612+ समाचार ( )
२९ फाल्गुन २०८१, बिहीबार

जनकपुर । जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयको आफ्नै नयाँ भवन निर्माण कार्यको शिलान्यास तथा भूमि पूजन सम्पन्न भएको छ। जनकपुरधाम उपमहानगरपालिका–८, ज्ञानकुप संस्कृत विद्यालयको पूर्वपट्टी निर्माण हुन लागेको उक्त भवनको शिलान्यास मुख्यमन्त्री सतिश कुमार सिंह, श्रम तथा यातायात मन्त्री कौशल किशोर राय, र कार्यालय प्रमुख धनंजय कुमार सिंहसहितका पदाधिकारीहरूले हिन्दू विधिअनुसार गरेका छन् । 

शिलान्यास समारोहमा मुख्यमन्त्री सिंहले यातायात कार्यालयजस्तो अत्यधिक व्यस्त सेवा प्रदायक संस्थाको आफ्नै भवन नहुनु विडम्बनापूर्ण भएको उल्लेख गर्दै नयाँ भवन निर्माण सुखद सन्दर्भ भएको बताए । साथै, उनले कार्यालयलाई गलत गतिविधि रोक्न र आफ्नै भवनबाट नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न आग्रह गरे। आफ्नो स्वास्थ्य क्षेत्र सुधार अभियानलाई निरन्तरता दिने बताउँदै उनले एसईई परीक्षा प्रणालीलाई मर्यादित बनाउन केन्द्रित हुने जानकारी दिए ।

श्रम तथा यातायात मन्त्री रायले यातायात क्षेत्रमा व्याप्त बिचौलियाको दखल तथा दुरुपयोग रोक्न अत्याधुनिक ट्रायल सेन्टरसहितको भवन निर्माण हुन लागेको जानकारी दिए। उनले साउन महिनादेखि सो कार्य प्रारम्भ हुने बताउँदै नयाँ व्यवस्थाले नागरिकलाई सहज र वास्तविक सेवा प्राप्त गर्न मद्दत गर्ने उल्लेख गरे।

नयाँ भवन निर्माणका लागि सिता कुण्डका महन्त राम नरेश दासले एक बिघा जमिन दान गरेका छन्। उक्त जग्गामा आधुनिक ट्रायल सेन्टर समेत रहनेछ। शिलान्यास कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका–८ का वडा अध्यक्ष दिनेश सिंह, कार्यालय प्रमुख सिंहसहितका व्यक्तिहरूले आ–आफ्नो धारणा व्यक्त गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार