मुख्य समाचार
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ |

रूपन्देहीमा 'सुरक्षित ई-रिक्सा यात्रा' अभियान: लाइसेन्स नभएका ४४ ई-रिक्सा कारबाहीमा

Ujyalosandeshonline 12206+ समाचार ( )
१७ जेठ २०८३, आइतबार

भैरहवा । सडक सुरक्षा अभिवृद्धि र ट्राफिक अनुशासन कायम गर्ने उद्देश्यले रुपन्देहीमा सञ्चालित विशेष आकस्मिक अनुगमन (सरप्राइज चेकिङ) का क्रममा सवारी चालक अनुमतिपत्र नभएका ४४ वटा ई-रिक्सा कारबाहीमा परेका छन् । विभिन्न निकाय तथा सर्वसाधारणबाट आएका गुनासो र सुझावलाई सम्बोधन गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले "अभियान सुरक्षित ई-रिक्सा यात्रा" अन्तर्गत यो कदम चालेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक प्रतिमा कार्कीको कमाण्डमा खटिएको टोलीले सिद्धार्थनगर नगरपालिकाका विभिन्न व्यस्त क्षेत्रहरूमा आकस्मिक चेकिङ गरेको थियो । बुद्धचोक, लुम्बिनी गेट, देवकोटा चोक र भीम अस्पताल चोक लगायतका स्थानहरूमा गरिएको उक्त चेकिङका क्रममा अनुमतिपत्र बिना नै ई-रिक्सा गुडाउने चालकहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइएको हो ।

ट्राफिक प्रहरीले बिना लाइसेन्स ई-रिक्सा चलाउनेहरूलाई कारबाही गर्नुका साथै सडक सुरक्षा, ट्राफिक नियमको पालना र जिम्मेवार चालकको भूमिकाबारे सचेतना समेत गराएको छ । सुरक्षित यात्रा सुनिश्चित गर्नका लागि अनिवार्य रूपमा लाइसेन्स लिएर मात्र जिम्मेवारीपूर्वक सवारी साधन चलाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सबैमा हार्दिक अनुरोध गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै