मुख्य समाचार
सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न |

कर्णाली हाफ म्याराथनको उपाधि सेनाका नरेन्द्र र एपीएफका पुष्पालाई

Ujyalosandeshonline 12617+ समाचार ( )
२९ वैशाख २०८१, शनिबार

कर्णाली । प्रथम ज्ञान खाद्यान्न कर्णाली हाफ म्याराथनको उपाधि नेपाली सेनाका नरेन्द्रसिंह रावत र एपीएफ क्लबका पुष्पा भण्डारीले जितेका छन् ।

शनिवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित कर्णाली हाफ म्याराथनमा नरेन्द्रले एक घण्टा ११ मिनेट २५ सेकेन्डमा निर्धारित २१.०९५ किलोमिटर दुरी पार गरी उपाधि जितेका हुन् । 

त्यसैगरी एपीएफकी पुष्पाले  १ घण्टा २८ मिनेट १७ सेकेन्डमा दुरी पुरा गरी प्रथम भएकी हुन् । पुरुषतर्फ नेपाली सेनाका रामजी बस्नेत एक घण्टा ११ मिनेट ४८ सेकेन्ड, सेनाकै श्रीकस राईले १ घण्टा १३ मिनेट २३ सेकेन्डमा दुरी पुरा गरी दोस्रो र तेस्रो भए ।

त्यस्तै महिलातर्फ नेपाली सेनाकी सिर्जना पाण्डे १ घण्टा ३२ मिनेट ४३ सेकेन्ड तथा जुम्लाकी राज्य रावलले १ घण्टा ३६ मिनेट ४० सेकेन्डमा निर्धारित दुरी पुरा गरी दोस्रो र तेस्रो भए । शीर्ष तीन खेलाडीलाई क्रमशः जनही ५५ हजार, ३० हजार र २० हजार नगद, पदक र प्रमाणपत्रले पुरस्कृत भए । 

हाफ म्याराथन ४५ बर्ष माथि उमेर समुहमा काठमाडौंका धर्म महर्जन एक घण्टा २२ मिनेट, काठमाडौंकै रेवत दाहाल १ घण्टा २५ मिनेट ७ सेकेन्ड र बुटवलका गंगाबहादुर पुनले १ घण्टा ४८ मिनेट २ सेकेन्डमा दुरी पुरा गरी पहिलो, दोस्रो र तेस्रो भए । शीर्ष तीन जलाई क्रमश १५ हजार, १० हजार र ५ हजार नगदबाट पुरस्कृत गरियो ।

विद्यालयस्तरी पाँच किलोमिटर छात्रतर्फ सुर्खेतका अजय विक, सुर्खेतकै रमेश बुढा र मुगुका नमराज बानिया तथा छात्रातर्फ सुर्खेतका बिमला कार्की, सुर्खेतकै पुर्णिमा बुढाक्षेत्री र कालिकोटकी लक्ष्मी शाही क्रमश पहिलो दोस्रो र तेस्रो भए । 

विद्यालय स्तरीय दौडका शीर्ष तीनलाई जनही दश हजार, सात हजार र पाँच हजार नगदले पुरस्कृत गरियो । पाँच किलोमिटर दौडमा एसओएस हर्मन माइनर विद्यालयका साढे आठ बर्षका बालक प्रेम बस्नेतले समेत दौड पुरा गरेका थिए । उनलाई आयोजकले दुई हजार नगदसहित प्रोत्साहन पुरस्कार प्रदान गरेको थियो ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल, वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल, कर्णाली प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष प्रमोद हमाल, सदस्यसचिव बिश्वमित्र सन्ज्याल, वीरेन्द्रनगर नगरपालिकाका निवर्तमान मेयर देवकुमार सुवेदी, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल, विश्व कीर्तिमानधी धावक हरिबहादुर रोकाय, डा. नवराज केसी, कर्मचारी युनियनका अध्यक्ष बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए ।

स्थानीय घण्टाघर चोकबाट सुरु भएको दौड कालिन्चोक खजुरा हुँदै राजमार्गको बाटोमा धुलियाबिट पुगेर त्यहाँबाट सिर्ध बांगेसिमल चोक पुगी पुनः सोही रुटबाट मंगलगढी चोक हुँदै वीरेन्द्र चोकबाट सभागृह गेट हुँदै घण्टाघर पुगेपछि हाफ म्याराथन पुरा भएको थियो । 

बरिष्ठ वाद्यवाधक प्रेमदेव गिरीको मादलको तालमा मुख्यमन्त्रीले झ्याली बजाएर प्रथम कर्णाली हाफ म्याराथन उदघाटन गरिएको थियो । कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोग, रेस नेपालको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा कर्णाली हाफ म्याराथनमा केएल दुगड ग्रुपको ज्ञान खाद्यान्न टाइटल स्पोन्सर रहेको छ भने वीरेन्द्रनगर नगरपालिका मुख्य साझेदार रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार