बालबालिकालाई राजनितिमा नलाग्न मुख्यमन्त्रीको सुझाव

Ujyalosandeshonline 11765+ समाचार ( )
१० वैशाख २०८२, बुधवार

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सानै उमेरमा राजनीतिमा नलाग्न बाल बालिकालाई सुझाव दिएका छन् । कर्णाली प्रदेश स्तरीय बाल सञ्जालले बुझाएको  ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री कँडेलले राजनीतिबारे जानकारी लिए पनि राजनितीमा बुझेर मात्र लाग्न सुझाव दिएका हुन् । ‘राजनीतिबारे बुझ्नुहोला, ज्ञान लिनु होला, तर सानै उमेरमा राजनीति नगर्नु होला’ उनले भने, ‘यो उमेरकै तपाईहरुलाई राजनीति गर्नुस् त भन्दिन् तर राजनीति गर्ने बेला बुझेर मात्र गर्नुहोला ।’ राजनीति अधिकारको खोजीको यात्रा भएको उनको भनाई छ । 

विद्यालय बाहिर रहेका बालबालिकाको हितमा पनि आवाज उठाउन सञ्जालका पदाधिकारीलाई सुझाव दिए । मुख्यमन्त्री कँडेलले आप्mनो मात्र नभएर बिद्यालय जान नपाएका बालबालिकाहरुको पनि सवाललाई उठाउन उनीहरुलाई आग्रह गरे । मुख्यमन्त्री कँडेलले विद्यालय जान नपाएका बालबालिकाहरुको बारेमा घर छिमेकमै रहेका बालबालिकाहरु नै बढी जानकार हुने हुँदा उनीहरुलाई विद्यालय पठाउन प्रेरित गर्ने काममा सहयोगी समूह बनाएर लाग्न सुझाव दिए । उनले भने, ‘तपाईहरु कै घरछिमेकका बालबालिकाहरु अझै विद्यालय बाहिर छन्, उनीहरुलाई स्कूल जान प्रेरित गर्नुहोला ।’ 

सामाजिक कुरिति अन्त्य गर्न बालबालिकाको भूमिका महत्वपूर्ण हुने पनि मुख्यमन्त्री कँडेलले बालबालिकालाई सुझाव दिए । हानिकारक कुरिति जन्मिने घरबाट भएकोले आफ्नो घरमा त्यस्तो कुरिति जन्मन नदिन अभिभावकलाई सचेत गराउनुपर्ने मुख्यमन्त्री कँडेलको भनाई थियो । मुख्यमन्त्री कँडेलले बालअधिकारका बिषयमा राखेका विषयहरु सान्र्दभिक भएको र स्थानीय तहलाई सचेत बनाउने काममा पनि  लाग्न बालबालिकालाई सुझाव दिए ।

कर्णाली प्रदेश स्तरीय बाल सञ्जालका पदाधिकारी र सदस्यहरुले आज भेटघाट गरि ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउदै सञ्जालकी अध्यक्ष समीक्षा चौधरीले बालबालिकाहरुको उचित सवालको समयमै व्यबस्थापन गर्नुपर्ने, बालविवाह न्युनिकरण रणनीति र बालविवाहको उमेर हद २० वर्ष कायम गर्नुपर्ने, विद्यालयमा बाल संरक्षणमा ध्यान दिनुपर्ने, समाजमा रहेका हानिकारक प्रथा बालविवाह, जातिय छुवाछूत, छाउपडी प्रथा, अपांगताहरुमाथिको हिंसा न्युनिकरण गर्न कानुनसँगै व्यबहारिक रुपमा पनि पहलकदमी गर्न सरकारसँग माग गरिन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार