मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |
मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |


रुपन्देहीमा प्रहरीलाई चुनौती : आत्महत्या, सवारी दुर्घटना र लागुऔषध

Ujyalosandeshonline 11004+ समाचार ( )
५ फाल्गुन २०८०, शनिबार

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा आर्थिक बर्ष २०७९÷०८० मा आत्महत्याका २ सय ६४ वटा मुद्दा दर्ता भएका थिए । चालु आर्थिक बर्षमा अहिले सम्म १ सय ४१ वटा आत्महत्याका मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । 

जनघनत्वको दृष्टिले नेपालकै धेरै जनसंख्या रहेको कारण रुपन्देही जिल्लालाई प्रहरीहरुले चुनौतीको रुपमा लिने गरेका छन् । जिल्लामा आत्महत्याको बढ्दो दरले यहाका प्रहरीको टाउको दुखाईरहेको हुन्छ । आत्महत्या संगै रुपन्देहीमा प्रहरीलाई चुनौतीको रुपमा सवारी दुर्घटना र लागुऔषधको प्रयोग तथा यसको कारोबार रहेको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक बर्ष २०७९÷०८० मा जिल्लामा सवारी सम्बन्धि १ सय २९ वटा मुद्दा दर्ता भएका थिए । चालु आर्थिक बर्षमा हाल सम्म भने ४७ वटा मुद्दा दर्ता भएका छन् । यस्तै गत आर्थिक बर्षमा ७८ वटा लागु औषधका मुद्दा दर्ता भएकोमा चालु आर्थिक बर्षमा ६० वटा मात्र दर्ता भएको छ ।

शान्ती सुरक्षा संगै चुनौतीको बिषय रहेको यी तीनवटै मुद्दामा रुपन्देही प्रहरीले बिगतको बर्षहरु भन्दा अहिले नियन्त्रण गर्न सफल भएको दावी गरेको छ । गत बर्षको तुलनामा चालु बर्षमा आत्महत्या ४१ प्रतिशत, लागु औषधमा २३ प्रतिशत र सवारी ज्यान मुद्दामा ४७ प्रतिशतले घटेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर विश्वकर्माले जानकारी दिए । 

प्रहरीले ब्यापक रुपमा जनचेतनाको काम गरेकोले यो संख्या कम गर्न सफल भएको बिश्वकर्माको भनाई छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत बिद्यालय, टोल सुधार लगायतमा प्रहरी यस्ता जनचेतनामूलक कार्यक्रम लिएर गएको उनले बताए  । एक बर्षको अवधिमा ५ सय ४५ वटा यस्ता सचेतनाका कार्यक्रमहरुको आयोजना गरिएको उनले बताए । 

रुपन्देहीमा एक बर्षको समयमा रुपन्देहीका यी तीन मूख्य चुनौती संगै अपराध नियन्त्रणमा पनि उल्लेख्य प्रगति भएको उनले बताए । “रुपन्देहीमा आतंकको प्रयाय रहेको भारतीय लुटेराको समूह देखि बम बिष्फोट गराउने समूहलाई पक्राउ गरि कार्यवाहीको दायरामा ल्याएका छौं ।” बिश्वकर्माले भने “घटना भए लगत्तै घटनामा संलग्नहरुलाई पक्राउ गरेका छौं, यसले पनि अराजक तत्वहरुले यहा गतिविधि बढाउन सकेनन् ।”

“लेडी डन” नामले कुख्यात भारत गोरखपुरकी ४३ बर्षिय गीता तिवारीलाई रुपन्देही प्रहरीले असार २८ गते पक्राउ गरेको थियो । तिवारीे समूह बुटवल, भैरहवा तथा यस आसपासमा हथियार सहित लुटपाटमा संलग्न रहेको थियो । यस्तै बिभिन्न स्थानमा बिष्फोटक पदार्थ बिष्फोट भएको घटनामा संलग्न अब्दुल हकीम खाँन, सुरज लोहार र सुरज थारुलाई पक्राउ गरेको थियो । 

जिल्लामा शान्ती सुरक्षा कायम राख्न भरपर्दो सुरक्षा योजना बनाई प्रभावकारी ढङ्गबाट प्रहरी परिचालन गरिएकोले छिटफुट घटना बाहेक अन्य ठूला तथा जघन्य नभएको बिश्वकर्माले बताए । एक बर्षकै अवधिमा जिल्लाको बिभिन्न तीन स्थानमा अस्थायी प्रहरी चौकीहरु स्थापना गरेको उनले बताए । यसले जिल्लाका बासिन्दाहरुमा थप शान्ती सुरक्षाको अनूभुति भएको जिकिर बिश्वकर्माको छ । 

प्रहरी उपरिक्षक बिश्वकर्माले आफु हाजिर भए पश्चात राजस्व संकलनमा ६३ प्रतिशतले वृद्धि भएको बताए । प्रहरीले गत आर्थिक बर्षमा अवैध रुपमा भन्सार छली गरेर ल्याईएका ५ करोड ३६ लाख ८० हजार १ सय ४९ रुपैया र चालु आर्थिक बर्षमा ८ करोड ७७ लाख ४० हजार ७ सय १९ रुपैया बराबरको अवैध समान बरामद गरेको छ ।

प्रहरीले चलाएको “अपरेशन क्लिन स्वीप” अन्र्तगत जिल्लामा चोरीका मोटरसाईकललाई नियन्त्रण गर्न प्रहरी सफल भएको छ । यस अभियान अन्र्तगत २३ वटा मोटरसाईकल, २ वटा कार र लागु औषधमा संलग्न ८ जना मानिस पक्राउ गर्न सफल भएको छ । 

रुपन्देही प्रहरी प्रमुखको रुपमा रहनुभएका बिश्वकर्माको नेपाल प्रहरी शिक्षालय, चितवनमा सरुवा भएको छ । उहाको स्थानमा अहिले गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयमा कार्यरत रञ्जित सिंह राठौर आउदै छन् । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार