मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

जथाभावी फोहोर फाल्नेलाई सिद्धार्थनगरद्वारा जरिवाना

Ujyalosandeshonline 12552+ समाचार ( )
१२ वैशाख २०८२, शुक्रबार

भैरहवा । सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्नेलाई सिद्धार्थनगर नगरपालिकाले कारवाहीको ‘डण्डा’ चलाएको छ। विकासै विकास खोज्ने नागरिकले आफ्नो दायित्व बिर्सिदै सार्वजनिक स्थानमा फोहोर फाल्दै आएपछि पालिकाले उनीहरुमाथी कारवाहीको ‘डण्डा’ चलाएको हो ।

सार्वजनिक स्थानमा फोहोर नफाल्नका लागि पटक पटक सूचना जारी गर्दै सचेत गराउँदा समेत अटेर गरेपछि स्थानीय ६ व्यवसायीक फर्मलाई जरिवाना बुझाउनका लागि पत्राचार गरिएको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ।

भैरहवा फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ (क) को कसुर ठहर गरी सोही ऐनको दफा ३९ (१) अनुसार जरिवाना कारवाही गरिएको र उक्त जरिवाना ३ दिन भित्र नबुझाए थप कारवाही प्रक्रिया अगाडी बढाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए।

उनका अनुसार जथाभावी फोहोर फाल्ने वडा नं.५ स्थित गणेश लक्ष्मी कलेक्सन, हरीओम फुल घर, के.जी फ्रुट एण्ड मेटिरेवल सप्लायर्स, आर.जे फ्रुट एण्ड सब्जी सप्लायर्स, वडा नं.६ को नव दुर्गा प्लाष्ट्रिक सप्लायर्स र वडा नं.१२ को बेबी लेन्डलाई पहिलो पटकका लागि पाँच हजार जरिवाना तोकेको हो।

पालिकाले नगर सफा राख्नका लागि दैनिक सवारीसाधन मार्फत संकलन गर्दछ। नियमित सरसफाई र घर घरमा पुगेर फोहोरमैला उठाउदाँ समेत केही सर्वसाधरणले अटेर गरी सार्वजनिक स्थानमा फोहोर फाल्न नछाडेपछि पालिका कारवाही प्रक्रियामा गएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले बताए।

‘नगर स्वच्छ, सफा, हराभरा र सुन्दर राख्ने दायित्व हामी सबैको हो। हामीले सरसफाई गरिरहने र जथाभावी फोहोर पनि फाल्दै रहने हो भने पालिकाको उदेश्य पुरा हुन सक्दैन’,उनले भने,‘जसकारण अब हामी कारवाही प्रक्रियातर्फ लम्किएका हौं।’

जथाभावी फोहोर फाल्नेहरु माथी निगरानी बढाइएको र सार्वजनिक स्थानमा फोहोर फालेको पाइएमा कारवाही गरिने नगरपालिकाको कार्यालयले जनाएको छ।। सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्नेलाई सिद्धार्थनगर नगरपालिकाले कारवाहीको ‘डण्डा’ चलाएको छ। विकासै विकास खोज्ने नागरिकले आफ्नो दायित्व बिर्सिदै सार्वजनिक स्थानमा फोहोर फाल्दै आएपछि पालिकाले उनीहरुमाथी कारवाहीको ‘डण्डा’ चलाएको हो ।

सार्वजनिक स्थानमा फोहोर नफाल्नका लागि पटक पटक सूचना जारी गर्दै सचेत गराउँदा समेत अटेर गरेपछि स्थानीय ६ व्यवसायीक फर्मलाई जरिवाना बुझाउनका लागि पत्राचार गरिएको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार