मुख्य समाचार
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज | ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना | जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल |

सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 12465+ समाचार ( )
७ अशोज २०८२, मङ्गलबार

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन संयुक्त कार्ययोजना बनाएर अघि बढिरहेको बताउनुभएको छ । नेकपा एमाले क्षेत्रीय समन्वय समिति क्षेत्र नं. ३ को पाँचौं पूर्ण बैठकलाई आज बाँकेमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकारबीच सहकार्य गरेर आन्दोलनबाट प्रभावित सेवा प्रवाहलाई पुरानै लयमा फर्काउने प्रयास भइरहेको बताउनुभयो ।

‘सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन जरुरी छ । त्यसका लागि स्थानीय सरकार र प्रदेश सरकारले संयुक्त ढंगले कार्ययोजना बनाएर अघि बढ्न खोजिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘कर्मचारीहरूको दबिएको मानसिकता छ । त्यसलाई माथि उठाउन प्रयास गरिरहेका छौं । त्यस मानेमा पनि यदि हामी चुप लागेर बस्यौं भने खराब तत्वले मुलुकमा राज गर्ने अवस्था आउँछ ।’मुख्यमन्त्री आचार्यले तोकिएको समयमा चुनाव हुने हो भने नेकपा एमाले चुनावबाट नभाग्ने स्पष्ट पार्नुभयो । ‘यदि साँच्चै तोकिएको मितिमा चुनाव हुने हो भने हामी चुनावबाट भाग्दैनौं,’ उहाँले भन्नुभयो, ‘एमाले चुनावबाट कुनै हालतमा भाग्दैन ।’

यस्तै, सम्बोधनका क्रममा उहाँले देशको राष्ट्रियता र स्वाभिमानका पक्षमा दृढताका साथ उभिएकै कारण तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढालिएको दाबी गर्नुभयो । नेपालको सहमति विना भारत र चीनले नेपाली भूमिलाई व्यापारिक नाकाको रूपमा प्रयोग गर्ने सम्झौता गरेको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाएकै कारण मुलुकमा यस्तो परिस्थिति सिर्जना भएको दाबी उहाँको छ । ‘चीन भ्रमणको क्रममा देशको भूमिसम्बन्धी विषय नउठाएको भए यो अवस्था आउने थिएन,’ उहाँले भन्नुभयो, ‘देशको स्वाभिमान र राष्ट्रियताको पक्षमा उभिएकै कारण यो अवस्था सिर्जना भएको हो । यसमा दुईमत छैन ।’

आँधिभेरीमा सतीशालझैं उभिन सक्दा मात्र गन्तव्यमा पुग्न सकिने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘घर जलेर खरानीको थुप्रो मात्र छ । शरीरमा लगाएको कपडा बाहेक केही छैन । तर म निराश छैन । अहिले कर्मचारीहरूको मनोबल उच्च बनाउन, संरचनाहरू छिटोभन्दा छिटो सुधार गरेर सेवा प्रवाह गर्न सकिन्छ भन्ने विश्वास दिलाउन अनुगमन गरिरहेको छु । जनताको मनोबल कसरी बढाउन सकिन्छ भन्नेमा ध्यान दिएर अघि बढेका छौं ।’

आम जनताबीच पुग्ने गरी पार्टीले कार्ययोजना निर्माण गर्ने समेत उहाँले बताउनुभयो । ‘भदौ २३ गते जेन्जीहरूले सडकमा आन्दोलन गरे । आन्दोलन भइरहँदा यो मुलुकमा यस्तो अवस्था आउला भनेर कसैले कल्पना गरेका थिएनौं । प्रदर्शनका दुई माग थिए । सुशासन कायम गर्दै भ्रष्टाचार अन्त्य गर्नुपर्ने र बन्द भएको सामाजिक सञ्जाल सञ्चालन हुनुपर्ने । राज्य सत्ता परिवर्तन भने उनीहरूको माग थिएन,’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘सुरक्षा निकायका अंगहरूले आन्दोलनको बारेमा समयमै जानकारी लिन सक्नुपर्थ्यो । घटनाको सत्यतथ्य पत्ता लगाउन जरुरी छ । सुरक्षा निकायलाई सूचना भएर पनि राजनीतिक नेतृत्वलाई गुमराहमा पारियो या जानकारी नै भएन, यो विषय छानबिन हुनु आवश्यक छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार