मुख्य समाचार
भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता |

भैरहवामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त : फराकिलो सडकमा पनि सास्ती, पार्किङ नपाउँदा बजार नघुमी फर्किए पर्यटक

Ujyalosandeshonline 12543+ समाचार ( )
१६ मंगशिर २०८२, मङ्गलबार

भैरहवा । तीव्र सहरीकरण र विकासको सूचीमा लम्किएको भैरहवा शहरमा सडक पूर्वाधार फराकिलो भए पनि ट्राफिक व्यवस्थापन चुस्त नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । बेलहिया–बुटवल व्यापारिक मार्ग अन्तर्गत सर्भिस लेनसहित ६ लेनको फराकिलो सडक निर्माण भए पनि सडक प्रयोगको मापदण्ड लागू नहुँदा र जथाभावी पार्किङ गरिँदा दुर्घटनाको जोखिमसँगै सहर अस्तव्यस्त बनेको हो ।

दिनानुदिन विकाससँगै सवारी साधनको चाप बढ्दै गएको भैरहवामा व्यवस्थापन पक्ष कमजोर देखिन्छ । फराकिलो सडकका लेनहरू जथाभावी प्रयोग भइरहेका छन् भने अर्कोतर्फ फुटपाथ र सर्भिस रोडमै सवारी साधन पार्किङ गरिँदा पैदल यात्रीलाई हिँड्नसमेत मुस्किल परेको छ । बढ्दो सवारी चापका बीच व्यवस्थित पार्किङ स्थलको अभाव भैरहवाको मुख्य समस्याका रूपमा देखा परेको छ ।

अस्पताल अगाडि र बैंक रोडमा बेहाल

सिद्धार्थनगरको मुख्य केन्द्र मानिने भीम अस्पताल अगाडिको क्षेत्र र बैंक रोडमा ट्राफिक जामको समस्या विकराल बन्दै गएको छ । अस्पताल अगाडि ई–रिक्सा र ठेलाहरूले आधा सडक नै ओगटेर राख्दा आवागमन प्रभावित भएको छ । यस क्षेत्रमा हुने अव्यवस्थित पार्किङले गर्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, मुख्य बजार, जिल्ला प्रशासन कार्यालय तथा नापी कार्यालयतर्फ जाने सेवाग्राही र यात्रुहरूले दैनिकजसो जामको सास्ती भोग्नु परिरहेको छ ।

नाकामा पनि जाम, पर्यटकलाई सास्ती

नेपाल–भारत सीमा नाका बेलहिया (सुनौली) मा समेत ट्राफिक व्यवस्थापन प्रभावकारी नहुँदा नेपाल भित्रिने पर्यटकहरू मर्कामा परेका छन् । सीमा क्षेत्रमा सवारीको लामो जाम र ट्राफिक प्रहरीको अनुपस्थितिका कारण घण्टौं समय बर्बाद हुने गरेको गुनासो पर्यटकहरूको छ ।

भारतको दिल्लीबाट काठमाडौं घुम्न आएका पर्यटक दिलिप कुमार रायले भैरहवाको ट्राफिक व्यवस्थापन देखेर आफू निराश भएको बताए । उनले भने, “मलाई भारतको सुनौली बजारबाट बेलहिया भन्सारसम्म आइपुग्न निकै समय लाग्यो, जाम अत्याधिक थियो तर कतै ट्राफिक प्रहरी देखिएनन् ।”

रायले भैरहवा बजार घुम्ने योजना बनाएर आए पनि पार्किङको समस्याका कारण बजार नघुमी फर्कनु परेको दुखेसो पोखे । “भैरहवाको बजार गर्छु भनेर गएँ, तर गाडी पार्किङ गर्ने ठाउँ नै पाइएन, अनि बजार नगरी फर्किएँ,” उनले भने । फराकिलो सडक र आधुनिक पूर्वाधार भए पनि ट्राफिक नियमको पालना र पार्किङको उचित व्यवस्थापन नहुँदा भैरहवाको सौन्दर्य मात्र बिग्रिएको छैन, यसले यहाँको पर्यटन र व्यापार व्यवसायमा समेत नकारात्मक असर पुर्‍याइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार