मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

गौरीघाटको क्रिकेट रंगशाला र पौडी पोखरीको मन्त्री श्रेष्ठले गरे निरीक्षण

Ujyalosandeshonline 11005+ समाचार ( )
२८ श्रावण २०८१, सोमबार

हेटौँडा । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण श्रेष्ठले हेटौँडाको गौरीटार रङ्गशालाको स्थलगत अवलोकन गरेका छन् । मन्त्री महर्जनले सोमबार बिहान हेटौँडा– ६ स्थित गौरीटारमा निर्माणाधीन रङ्गशालाको निरीक्षण गरेका हुन् ।

मन्त्री महर्जनले गौरीटार रङ्गशालामा निर्माणाधीन क्रिकेट तथा फुटबल मैदान र पौडी पोखरीको निरीक्षण गरेका हुन् । मन्त्री महर्जनले गत वैशाखमा शिलान्यास गरिएको क्रिकेट रङ्गशाला र पौडी पोखरीको निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा मन्त्रालयका सचिव रुद्रप्रसाद लामिछाने र प्रदेश खेलकुद परिषद्का इन्जिनियर निवेश बर्तौलाले ब्रिफिङ गरेका थिए ।

प्रदेश सरकारले गत आर्थिक वर्षदेखि क्रिकेट रङ्गशाला निर्माणका लागि १२ करोड र स्विमिङ पुल निर्माणका लागि नौं करोड रुपैयाँ बजेट विनियोजन गरेर निर्माण थालेको इन्जिनियर बर्तौलाले बताए ।

उक्त रङ्गशालामा पहिलो चरणमा ६ सय जना दर्शक क्षमताको एउटा प्यराफिटसहित ५ वटा पिच, ७० मिटर रेडिएसको ग्राउण्ड भीभीआइपी कक्ष, खेलाडी कक्ष (प्लेयर बक्स), चेन्जिङ रुम (कपडा फेर्ने कोठा), टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपांगमैत्री क्षेत्र, पार्किङलगायत संरचना निर्माण हुने उनले बताए ।

आगामी एक वर्षभित्र सो संरचना निर्माण सम्पन्न गर्नुपर्ने गरी ठेक्कामार्फत् काम भइरहेको प्रदेश खेलकुद विकास परिषद्का इन्जिनियर बर्तौलाले बताए ।

निरीक्षणपछि मन्त्री महर्जनले समय सीमाभित्रै निर्माण कार्य सम्पन्न गर्ने पहल र निर्माण कम्पनीलाई दवाव दिने बताए ।

खेलकुद क्षेत्रमा निर्माण कार्य अत्यन्त सुस्त हुने गरेकाले प्रदेश सरकारले तत्काल निर्माण कम्पनीलाई उपस्थित गराएर काम छिटो सक्न निर्देशन गर्ने उनको भनाई छ । प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि स्तरीय खेलकुदका संरचनासँगै खेलाडी प्रोत्साहनमा समेत काम गर्ने लक्ष्य लिएको उनले बताए ।

उनले रंगशालाभित्र निर्माण भइरहेका २ वटै खेलकुद संरचनाको निर्माणको जिम्मा लिएका कम्पनीका प्रतिनिधिलाई उपस्थित गराउने निर्देशन समेत दिएका छन् । राज्यका निकायका कमजोरी, मन्त्रीहरूको खबरदारी नहुँदा खेलकुदका संरचनाहरू अलपत्र पर्ने गरेकाले त्यसलाई रोक्नुपर्ने उनले बताए ।

देश सङ्घीय संरचनामा गएसँगै रङ्गशाला निर्माणको काम प्रदेश सरकारअन्तर्गत रहेको उक्त आयोजनामा क्रमागतबाट बजेट विनियोजन गरिँदै आएको छ । फुटबल ग्राउन्ड, रनिङ ट्र्याक सिन्थेटिक, भीआईपी प्यारापिट र लाइटिङ गरी ९० करोड रुपैयाँको लागत अनुमानसहित डीपीआर तयार पारेर काम गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार