मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |
मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |


द्वन्द्वमा बलात्कारमा परेकाहरुको स्वास्थ्य अवस्था नाजुक

Ujyalosandeshonline 11768+ समाचार ( )
११ पौष २०८०, बुधवार

काठमाडौं । नेपालको दशवर्षे द्वन्द्वका क्रममा बलात्कारमा परेका महिलाको स्वास्थ्य अवस्था नाजुक रहेको पाइएको छ । द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय सङ्गठनले बलात्कार पीडितहरुको स्वास्थ्य परीक्षण शिविरमार्फत गरेको अध्ययनमा उनीहरु कुनै न कुनै शारीरिक तथा मानसिक रोगको शिकार भएको पाइएको हो । 

सङ्गठनकी संयोजक देवी खड्काले, देशका सातवटै प्रदेशका तीन ठाउँमा आयोजना गरिएका स्वास्थ्य शिविरमा सहभागीहरुको तथ्याङ्क हेर्दा पीडितमध्ये ११ प्रतिशतले पाठेघर नै फाल्नु परेको जानकारी दिइन् । 

‘हामीले एक महिनाबाट देशको विभिन्न भागमा गरेर तीन वटा स्वास्थ्य शिविर सञ्चालन  गरेका थियाँै. । त्यसमा एउटा गाइनोलोजिस्ट डाक्टर अर्को मानसिक रोग यो दुई वटा पार्टमा हाम्रो सम्पर्कमा रहनुभएको पीडितहरुको पनि प्रतिनिधिमूलक जहाँ १ सय २७ जनालाई हामीले स्वास्थ्य शिविरमा सहभागी गराएर सेवा दियौ ।

’ उनले भनिन् ‘जसमध्ये पाठेघर फाल्नेको सङ्ख्या ११ प्रतिशत रहेको छ । पाठेघर तत्काल फाल्नुपर्ने ६.३३ प्रतिशत पाठेघरका थप उपचार गर्नुपर्ने ७० दशमलव ८ प्रतिशत रहेछ ।’

त्यस्तै बलात्कारमा परेकैले महिनावारी अनियमीत हुने समस्या भोग्नेहरूको संख्या ८५ प्रतिशत छ । उनले भनिन् ‘मानसिक रोगको नियमित औषधी प्रयोग गर्ने ५० प्रतिशत छन् भने मानसिक समस्या भएकाहरुको संख्या ८५ प्रतिशत देखियो।’ 

अध्ययनका क्रममा एक पटक बलात्कारमा पर्नेहरुको सङ्ख्याको तुलनामा बारम्बार यस्ता घटना सामना गर्नेको संख्या बढी रहेको पाइएको छ । एक पटक बलात्कारमा पर्नेहरुको सङ्ख्या ५९ दशमलव ८४ प्रतिशत, सामूहिक तर एक पटक मात्रै यस्तो घटना सामना गर्नेहरुको संख्या ६५ दशमलव ३५ प्रतिशत , सामूहिक र महिनौँ बलात्कारजस्ता घटनामा पर्नेहरू ४० दशमलव १६ प्रतिशत रहेछ ।

संयोजक खड्काले, अध्ययनका क्रममा बलात्कारमा परेकैकारण गर्भपातको समस्या भोग्नेहरुको संख्या ३४ दशमलव ६५ प्रतिशत पाइएको जानकारी दिइन् । 

एकै जना पीडितको एक देखि तीन वटासम्म बच्चाहरु खेर गएको पाइएको उनको भनाई छ । त्यस्तै संयोजक खड्काले, द्वन्द्वकालीन समस्या समाधानका लागि ऐन निर्माण कार्यलाई तत्काल टुङ्गोमा नपु¥याए पीडितहरुले झनै समस्या भोग्नु पर्ने अवस्था आउने चेतावनी दिइन् ।

‘हामीले टिआरसी ऐनलाई ढिला गर्नु  हुँदैन् । ढिला गर्दा केहि साथीहरु छिटो उपचार नपाउने हो भने उहाँहरुलाई बचाउन गा¥यो हुन्छ । अब बितिसकेपछिको जिम्मा कसले लिने अर्को असाध्यै गम्भीर विषय हो ।’  उनले भनिन् ‘त्यसैले राष्ट्रिय सहमति र सिङ्गो राज्यले जिम्मेवारीपूर्वक नसोच्दासम्म यो समस्या हल हुँदैन् । एउटा राष्ट्रिय सहमतिको आवश्यक छ । यो कसैलाई आरोप लगाउने कमजोर पार्ने भन्नुभन्दा पनि राष्ट्रको समस्या हो । 

पीडितको ज्यान जोगाउन सदनले आवश्यक भूमिका खेल्न आवश्यक रहेको उनले बताइन् । ‘अहिले त सरकारले द्वन्द्व पीडितहरुलाई उपचार गर्ने भनेर नीति पास गर्दा पनि जो लक्षित समुदाय हो यौनजन्य हिसांमा परेको बलात्काजन्य घट्नामा परेको दिदि बहिनीहरु आउन सक्ने स्थिति छैन् किनकी कानुनले उहाँहरुलाई चिन्दैन्।

’ उनले भनिन् ‘जति सक्दो चँडो आयोग गठन गरेर उजुरी खुल्ला गरेर मात्र कानूनीरुपमा पीडित ठहरीनुहुन्छ र ढोका खुल्ने भनेको जतिसक्दो चाँडो ऐन पास गरेर नै हो । त्यसैले सरकारलाई राजनीति दल, सदनलाई आग्रह गर्दैछु यो ढिलो गर्नुभनेको पीडितको बिना उपचार ज्यान जानु हो । ’


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार