मुख्य समाचार
हरैया बहुमुखी क्याम्पस QAA प्रमाणीकरणको अन्तिम चरणमा | सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते | महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर | बदलिँदो सुरक्षा चुनौती र राजस्व छली रोक्न सशस्त्रका एसएसपीहरूलाई सीमा क्षेत्रमा खटाइयो | अर्घाखाँची अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारी लुम्बिनी प्रदेशकै उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्ट घोषित | नवलपुरको चुलीबोझा गाउँ | ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम | सोनापुर मिनरलले बिजुलीको बक्यौता बुझायो | हिउँदभरि सुनसान हुन्छ बुकीपाटन | यस वर्षको मनसुनः औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम |

विधेयकमा शिक्षकका माग समेट्ने प्रचण्डको प्रतिबद्धता

Ujyalosandeshonline 9307+ समाचार ( )
७ माघ २०८१, सोमबार

गोरखा । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुले उठाएका महत्त्वपूर्ण एजेन्डा  समेटेर विद्यालय शिक्षा विधेयक पारित हुने बताएका छन् । नवज्योति माध्यमिक विद्यालय गोरखा नगरपालिका ७, डण्डीडाँडा, गोरखाको स्वर्ण महोत्सव समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका छन् । 

उनले आफूले सरकारको नेतृत्व गरेको बेला असाध्यै मेहनत गरेर विद्यालय शिक्षा विधेयक ल्याए पनि अझै पारित हुन नसकेको उल्लेख गर्दै शिक्षकहरुले उठाएका महत्त्वपूर्ण एजेन्डा समेटेर विधेयक पारित गरिने बताए । यसको साथै, उनले संविधानमा शिक्षालाई मौलिक हकको रुपमा स्थापित गरिए पनि आवश्यक कानुन र बजेटको अभाव रहेको उल्लेख गर्दै राज्यको तर्फबाट पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने बताए ।  

उनले तेस्रोपटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान थालिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यो अभियान निरन्तर अघि बढ्ने बताए । यसैबीच पूर्वप्रधानमन्त्री प्रचण्डले गोरखा ५ स्थित गोरखा क्याम्पसको निरीक्षण गरेका छन् । सो क्रममा उनले विश्वविद्यालय शिक्षालाई अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार