मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |
मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |


केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेटः सिइसी काठमाडौं सेमिफाइनलमा

Ujyalosandeshonline 11005+ समाचार ( )
२४ चैत्र २०८१, सोमबार

पोखरा । राष्ट्रिय खेलाडी सहभागी सिइसी काठमाडौं केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा जारी दोस्रो संस्करणको प्रतियोगिताको समूह ‘ए’ को विजेता बन्दै काठमाडौं अन्तिम चारमा पुग्ने पहिलो टोली बनेको छ । 

तेस्रो दिनको पहिलो खेलमा सिइसी काठमाडौंले पोखरा महानगरपालिका क्रिकेट क्लबलाई ९ विकेटले हरायो । पोखरालाई हराउँदै कुल ३ खेलमा अपराजित रहँदै ६ अंकका साथ समूह विजेता बन्यो । ५४ रनको झिनो लक्ष्य पछ्याएको काठमाडौंले ४।२ ओभरमा १ विकेट गुमाउँदै ५७ रन बनायो ।

कप्तानी रित गौतमले आक्रमक पारी खेल्दै्र १५ बलमा ३६ रनको योगदान दिए । उनले आफ्नो पारीमा ३ छक्का र ४ चौका प्रहार गरे । उनी सुभाष बास्तोलाको बलमा अभिनवको हातबाट क्याच आउट भए । त्यस्तै दिपेनद्र रावतले ८ बलको सामना गर्दै १ चौका र २ छक्का साथ १९ रन बनाउँदा शिवम तिवारीले २ रन बनाए ।

त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर व्याटिङ थालेको पोखरा १७।२ ओभरमा अलआउट हुँदै ५३ रन बनायो । पोखराले १० रन अतिरिक्त रनको रुपमा पायो । सुमह ‘ए’को अन्तिम चरणको खेलमा पोखराको पारीलाई ध्वस्त पार्ने क्रममा म्यान अफ दि म्याच समेत रहेका सिइसी काठमाडौंका दिपेन्द्र रावतले र युनिश विक्रम सिंह ठकुरीले समान ३÷३ विकेट हात पारे ।

दिपेन्द्रले आफ्नो ४ ओभरको स्पेलमा ८ रन दिएर ३ विकेट लिए भने विक्रमले ३।२ ओभरमा ९ रन दिएर ३ विकेट लिए । पोखराका कविन सापकोटाले १२ रनको दोहोरो रन बनाउनु बाहेक अन्य खेलाडीहरु क्रिजमा टिक्न सकेनन् । पोखराका लागि आशिष न्यौपाने ९, सुमित श्रेष्ठ र अन्जन केसीले समान २÷२, प्रमोद बास्तोला, अभिनव शाह, मार्शल बरालले समान ३÷३ रन बनाए । समिर भुजेल र सुवास बास्तोला सुनय रनमा आउट भए । त्यस्तै काठमाण्डौका लागि सूर्य तामाङले ४ ओभरमा १० रन दिएर २ विकेट तथा मनोज यादव र अशोक बोहोराले समान १÷१ विकेट हात पारे ।

सोही समूहको दोस्रो खेलमा हेटौडा स्पोट्र्स एकेडेमीले स्याङ्जा क्रिकेट क्लबलाई ५ विकेटले हराएको छ । समूह चरणको प्रतिठानको खेलको रुपमा रहेको उक्त खेलमा हेटौडाले बाजी मारेको हो । १७७ रनको विजयी लक्ष्य पछ्याएको हेटौडाले १८।४ ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनायो ।

हेटौडाको जितमा अकिलेश ठाकुरले ५२ रनको अविजित अर्धशतकीय पारी खेले । उनले २७ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । राम नरेश गिरिले २० रनको अविजित पारी खेले । सुभ कंशाकरले ४२ रनको पारी खेल्दै क्याचआउट हुन पुगे । उनले २० बलमा ४ चौका, ४ छक्का प्रहार गरे । ओपनर गोकुल अधिकारी १७ रनमा आउट भए । युविन बुढाथोकीले ३० रन जोडे । उनले २८ बलमा ४ चौका प्रहार गरे । सुमन सुनार शुन्य र गौरभ खड्का ३ रनमा आउट भए । 

स्याङजाका लागि सुजन गौतमले २ तथा मिलन लुइटेल, सन्दिप खत्री क्षेत्री र अस्विनी रानाले समान १÷१ विकेट लिए । टस जितेर ब्याटिङ थालेको स्याङजा १९।५ ओभरमा १७६ रन बनाउँदै अलआउट हुन पुग्यो । ओपनर इश्वर क्षेत्री ९ रन बनाउँदै बोल्ड भए । करण पगेनी ११ रनमा क्याच आउट भए । सन्दिप क्षेत्रीले ७० रनको उत्कृष्ट पारी खेले । उनले ४३ बलको सामना गर्दै ५ चौका र ५ छक्का प्रहार गरे ।

दिपेश न्यौपाने २ रनमा एल्बीडब्लु आउट भए । सुजन गौतम १९ रनमा क्याचआउट भए । अस्विनी रानाले ४३ रनको योगदान दिए । उनले २१ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । मिलन क्षेत्र ३, किरण भट्टराई ३, अभिषेक भट्टराई र मिलन लुइटेल शुन्यमै आउट भए । 

हेटौडाका असिम श्रेष्ठले ४ ओभरमा २७ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । अकिलेश ठाकुरले २ तथा सांसद अलि मन्सुरी र रामनरेश गिरिले समान १÷१ विकेट लिए ।  समूह ‘ए’ बाट पोखरासहित स्याङजा र हेटौडा समेत बाहिरिएको छ । 

प्रतियोगिताको चौथो दिन भोलि समूह ‘बि’ तर्फ ग्रेट हिमालय क्रिकेट एकेडेमी र हिमालयन क्रिकेट एकेडेमी बिच पहिलो खेल हुने छ भने सोही समूह अन्तरगत गण्डकी हिरोज र चितवन क्रिकेट क्लब बिच दोस्रो खेल हुनेछ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार