मुख्य समाचार
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव |

कालीकोटमा भेटियो रेडपान्डा

रासस 667+ समाचार ( )
३ असार २०८३, बुधवार

मान्म (कालीकोट) । कालीकोटका तीन वटा स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे) भेटिएको छ । जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिका रेडपान्डा भेटिएको संरक्षण क्षेत्रमा लागेका सरकारी तथा गैरसरकारी संस्थाहरुले जनाएका छन् । तिलागुफा नगरपालिका–१० को रुरुबन्चु पाटन, शुभकालिका गाउँपालिका–६ को हाउडी लेकमा र महावै गाउँपालिका–२ को महावै पाटन क्षेत्रमा रेडपाण्डा भेटिएको उनीहरुको भनाइ छ । 

तिलागुफा नगरपालिका–१० स्थित रेडपान्डा संरक्षण वन क्षेत्र रुडुबञ्चुमा जैविक विविधता अनुगमनका क्रममा दुर्लभ रेडपान्डा भेटिएको हुरन्डेक नेपालका कालीकोट जिल्ला संयोजक दिलीपकुमार शाहीले बताउनुभयो । “संस्थाले समुदायलाई संरक्षणमा लाग्न सचेतना जगाउने र बासस्थानका रुपमा रहेका निगालो एवं बाँसको जङ्गल नमास्न स्थानीयलाई आग्रह गर्दै आएको छ”, उहाँले भन्नुभयो, “पालिकामा संरक्षणका क्षेत्रमा प्रभावकारी रुपमा भइरहेको छ ।”

तिलागुफा नगरपालिकाका प्रमुख महेन्द्रबहादुर शाहीले रुरुबञ्चु पाटनमा रेडपान्डा भेटिएको जानकारी दिँदा यसको संरक्षणका लागि स्थानीय तहले पहल गर्दै आएको बताउनुभयो । “विगतमा नगरपालिकाको पर्यटकीय क्षेत्रसमेत रहेको रुरुबन्चु पाटनमा रेडपान्डा भएको स्थानीयले बताउँदै आएका थिए । अहिले अनुसन्धान गर्दै जाँदा दुर्लभ बन्यजन्तु रेडपान्डा भेटिएको छ”, उहाँले भन्नुभयो, “संरक्षणका लागि नगरपालिकाले सङ्घसंस्था मिलेर काम गरिरहेको छ । अहिले स्थानीयलाई जनचेतना जगाउने काम भइरहेको छ ।”

त्यस्तै, शुभकालिका गाउँपालिका–६ को हाउडी लेकमा पनि रेडपान्डाको बासस्थान भेटिएका गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद आचार्यले बताउनुभयो । “हामीले विगतमा नै हाउडी लेकलगायत क्षेत्रमा रेडपान्डा भेटिएको पत्ता लगाएका थियौँ”, उहाँले भन्नुभयो । महावै गाउँपालिकाको महावु पाटन क्षेत्रमा रेडपान्डाको उचित बासस्थान रहेको र त्यस क्षेत्रमा पनि रेडपान्डा भेटिएको गाउँपालिकाले जनाएको छ । रेडपान्डा विशेषगरी बाँस र निगालो पाइने चिसो वन क्षेत्रमा बसोबास गर्छ । जङ्गलमा घाँसदाउरा गर्दा हुने मानवीय चाप, डढेलो र कुकुरको आक्रमणका कारण रेडपान्डाको बासस्थान सङ्कट पर्र्दै गएको संरक्षणकर्मीहरुले बताउने गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार