मुख्य समाचार
खप्तडको त्रिवेणी क्षेत्र | तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर | भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा | रसुवा बाढीपीडितलाई कोटहीमाई गाउँपालिकाको ३५ लाख सहयोग | रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च |

जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा व्यवस्थापनमा सकस

Ujyalosandeshonline 12212+ समाचार ( )
१८ भाद्र २०८२, बुधवार

बाजुरा । जिल्ला कारागार बाजुराको भवनको पुनः निमार्ण नहुँदा जीर्ण बनेको छ । कारागारको भवन पुरानो र अर्को कुनै नँया भवनको निमार्ण नहुँदा उक्त भवन जीर्ण बनेको हो। जीर्ण भएको कारागार भवनमा क्षमता भन्दा बढी कैदीबन्दीहरु राखिएका छन । कैदीबन्दीहरुलाई राख्नको लागी अन्य ठाउँको उचित व्यवस्थापन नभएका कारण जीर्ण भवनमा कैदीबन्दी राख्नु परेको कारागारका प्रशासक अनिल कुमार तिवारीले बताए।

उनका अनुसार कारागारको क्षमता २५ जनाको भए पनि अहिले ६५ जना कैदीबन्दी राखिएको छ । कैदीको सङ्ख्या बढ्दै जाँदा जीर्ण भवनमा कैदीबन्दीको व्यवस्थापनमा सकस भएको तिवारीको भनाइ छ।  २०३७ सालमा निर्माण भएको बाजुराको कारागार भवन झण्डै ४५ वर्ष पुगिसक्दा पनि नयाँ भवनको रुपमा विस्तार हुन सकेको छैन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा अहिले उनीहरुलाई सुत्न र बस्न निकै समस्या हुने गरेको छ  । त्यति मात्र नभई क्वार्टर समेत नहुँदा सुरक्षाकर्मीलाई समेत समस्या हुने गरेको छ । 

कैदीबन्दीहरु राखिएको भवनमा भुकम्प तथा अन्य बिपतको बेला बस्न लाएक नहुने गरेको कारागारमा बस्दै आएका कैदीबन्दीको गुनासो रहेको छ । सुदूरपश्चिमका ९ वटा कारागारमा जम्मा ६३२ जना कैदी राख्ने क्षमता भए पनि कुनै ठाँउमा भवनको अवस्था जीर्ण रहे पनि क्षमता भन्दा बढी कैदीबन्दी राख्नु पर्ने अवस्था छ । तिवारीका अनुसार कारगारको नयाँ भवनका लागि टेन्डर खुलाइसकेकोले छिट्टै नयाँ भवन निर्माणको काम थालनी हुने बताएका छन्। नयाँ भवन निर्माण भएपश्चात कैदीबन्दीहरुलाई सहज रुपमा व्यवस्थापन गर्न सकिने उनले बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार