मुख्य समाचार
बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति | चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध | बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह | रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा | नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड | बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात | बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे | गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न सरकार कटिबद्ध छ: सांसद पुनम अग्रवाल | पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध | चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन |

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

Ujyalosandeshonline 12497+ समाचार ( )
२५ अशोज २०८३, आइतबार

वीरगञ्ज (पर्सा) । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने चोरी, डकैती र लुटपाट जस्ता आपराधिक क्रियाकलापबाट बच्न तथा आफ्नो धनमाल सुरक्षित राख्ने सन्दर्भमा आवश्यक सावधानी अपनाउन जिल्लाबासीलाई अनुरोध गरेको छ । कार्यालयले आज विजयादशमीको शुभकामना व्यक्त गर्दै चाडपर्वको समयमा हुन सक्ने चोरी, डकैती र लुटपाट जस्ता आपराधिक क्रियाकलापबाट बच्न तथा आफ्नो धनमाल सुरक्षित राख्नका लागि आवश्यक सावधानी अपनाउनुहुन सबैमा अनुरोध गरेको हो । 

प्रहरीले चाडपर्वमा आफन्तकोमा वा बजार जाँदा घरका झ्याल ढोकाहरू सुरक्षित रूपमा बन्द गरौँ, छिमेकी वा स्थानीय प्रहरीलाई आफ्नो अनुपस्थितिको जानकारी दिन र सुनचाँदीका गहना, महँगा इलेक्ट्रोनिक्स सामान र धेरै नगद रुपैयाँ घरमा अलपत्र नछोडौँ, सुरक्षित लकर वा बैंकमा राख्ने व्यवस्था मिलाउनसमेत अपिल गरेको छ । प्रहरीले भनेको छ, “आफ्नो छरछिमेकमा कोही अपरिचित वा शङ्कास्पद व्यक्तिहरू बिना काम डुलिरहेका देखेमा वा असामान्य गतिविधि पाएमा तुरुन्तै एक-अर्कालाई खबर गरौँ र सम्भव भएसम्म घर, पसल वा व्यावसायिक प्रतिष्ठानमा सिसीटिभी क्यामेरा र सुरक्षित आधुनिक लक प्रणाली जडान गरी चोरीको जोखिम कम गरौँ ।”

कार्यालयका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चक्रबहादुर मल्लले यात्रा गर्दा वा सार्वजनिकस्थलमा अपरिचित व्यक्तिले दिएको खानेकुरा वा पेयपदार्थ नखान र  नशालु पदार्थ मिसाएर लुटपाट हुन सक्ने हुनाले सधैँ सजग रहन सबैमा अनुरोध गर्नुभएको छ । प्रहरीले ओसारपसार र बिक्री वितरण पूर्णरूपमा प्रतिबन्धित भयकले, यस्ता कार्यमा संलग्न नबन्न, आफ्नो मोटरसाइकल वा गाडी जथाभाबी नमिलाइ पार्किङ नगरौँ, सुरक्षित पार्किङस्थलमा ह्विल लक वा थप सुरक्षा प्रविधि प्रयोग गरेर मात्र राख्न आग्रह गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार