मुख्य समाचार
दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना |

नेपाल र चीनबीच राँगाको मासु निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर

Ujyalosandeshonline 12551+ समाचार ( )
१ पौष २०८१, सोमबार

काठमाडौं । नेपाल सरकार र चिनिया प्रतिनिधिबीच राँगाको मासु निर्यात गर्ने सम्बन्धी प्रोटोकल सम्झौतामा हस्ताक्षर भएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । 

सोही क्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले यो सम्झौता नेपाल चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणका लागि कोशेढुङ्गाको रुपमा रहेको बताएका छन् । 

नेपाल र चीनबिच भएको सम्झौताले नेपाली किसानलाई रागाँ भैसीपालनका लागि थप प्रोत्साहित गर्ने भन्दै नेपालमा रागाँभैसी पालन समाजको अभिन्न अङ्गको रुपमा रहेकोले यसको दिगो उत्पादन तथा उपलब्धता सुनिश्चित भएको बताए । 

यस्तै, उनले नेपाल सरकार नेपाली जनतालाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न लागिरहेको सन्दर्भमा पशुपन्छीपालन रोजगारी सिर्जनाको एउटा महत्वपूर्ण क्षेत्रको रुपमा अगाडी आएको पनि बताए । 

यसको साथै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पनि यो सम्झौताले नेपाललाई धेरै कुराहरुमा सहयोग पुग्ने भन्दै यसले दुई देशबीच अझ राम्रो सम्बन्ध स्थापित भएको बताए । 

उनले भने, ‘लामो समयदेखि चीन र नेपालबीच राम्रो सम्बन्ध रहेको छ । आवश्यक परेको बेला एकअर्कालाई सहयोग गर्ने हाम्रो एतिहासिक परम्परा हो । आज जुन सम्झौता भयो, यसले हामीलाई धेरै कुराहरुमा सहयोग पु¥याउछ । एउटा विषयले धेरै कुरालाई छुने गर्छ त्यसैले यो सम्झौताले दुई देशबीच अझ राम्रो सम्बन्ध जोड्ने काम गर्छ ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार