मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

धानको न्यूनतम् समर्थन मूल्य कार्यान्वयन गर्न आग्रह

Ujyalosandeshonline 12552+ समाचार ( )
१ कार्तिक २०८२, शनिबार

सुदूरपश्चिम । जिल्ला प्रशासन कार्यालय कैलालीले सङ्घीय सरकारले तोकेको धानको न्यूनतम् समर्थन मूल्य कार्यान्वयन गर्न/गराउन जिल्लाका कृषक र उद्योगीव्यवसायीलाई अनुरोध गरेको छ । उचित मूल्य नपाइरहेको गुनासो किसानबाट आउन थालेपछि जिल्ला प्रशासनले शुक्रबार एक सूचना जारी गरी सङ्घीय सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न/गराउन आग्रह गरेको हो ।

सङ्घीय सरकारको गत साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिक्विन्टल मोटोधान तीन हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यमधानको तीन हजार ६२८ रुपैयाँ ३३ पैसा न्यूनतम समर्थन मूल्य तोकेको जिल्ला प्रशासन कार्यालयले सूचनामा उल्लेख गरेको छ । सरकारले तोकेको धानको समर्थन मूल्यअनुसारको मूल्य किसानले पाउन सकेका छैनन् ।

कञ्चनपुरका किसान केशव पाठकले व्यापारीको मूल्यमा एकाधिकार हुने गरेकाले किसानले उचित मूल्य नपाइरहेका बताउनुभयो । उहाँले भन्नुभयो, “धान खरिद गर्ने व्यापारीले बिक्री गर्न जाने किसानलाई बढीमा रु दुई हजार ६५० भन्दाबढी दिन नसक्ने जवाफ दिन्छन्, भारतबाट पर्याप्त परिमाणमा चामल भित्रिने गरेकाले पनि किसानले धानको मूल्य पाएका छैनन् ।” किसानको मुख्य आम्दानीको स्रोतका रूपमा धानबाली रहेको छ । घरायसी उपभोगका लागि आवश्यक पर्ने धान भण्डारण गरी बढी भएको धान किसानले स्थानीय व्यापारीलाई बिक्री गरेर हुने आम्दानीबाट वर्षभरिको खर्चको जोहो गर्छन् । रासस

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार