मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

धानको न्यूनतम् समर्थन मूल्य कार्यान्वयन गर्न आग्रह

Ujyalosandeshonline 11768+ समाचार ( )
१ कार्तिक २०८२, शनिबार

सुदूरपश्चिम । जिल्ला प्रशासन कार्यालय कैलालीले सङ्घीय सरकारले तोकेको धानको न्यूनतम् समर्थन मूल्य कार्यान्वयन गर्न/गराउन जिल्लाका कृषक र उद्योगीव्यवसायीलाई अनुरोध गरेको छ । उचित मूल्य नपाइरहेको गुनासो किसानबाट आउन थालेपछि जिल्ला प्रशासनले शुक्रबार एक सूचना जारी गरी सङ्घीय सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न/गराउन आग्रह गरेको हो ।

सङ्घीय सरकारको गत साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिक्विन्टल मोटोधान तीन हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यमधानको तीन हजार ६२८ रुपैयाँ ३३ पैसा न्यूनतम समर्थन मूल्य तोकेको जिल्ला प्रशासन कार्यालयले सूचनामा उल्लेख गरेको छ । सरकारले तोकेको धानको समर्थन मूल्यअनुसारको मूल्य किसानले पाउन सकेका छैनन् ।

कञ्चनपुरका किसान केशव पाठकले व्यापारीको मूल्यमा एकाधिकार हुने गरेकाले किसानले उचित मूल्य नपाइरहेका बताउनुभयो । उहाँले भन्नुभयो, “धान खरिद गर्ने व्यापारीले बिक्री गर्न जाने किसानलाई बढीमा रु दुई हजार ६५० भन्दाबढी दिन नसक्ने जवाफ दिन्छन्, भारतबाट पर्याप्त परिमाणमा चामल भित्रिने गरेकाले पनि किसानले धानको मूल्य पाएका छैनन् ।” किसानको मुख्य आम्दानीको स्रोतका रूपमा धानबाली रहेको छ । घरायसी उपभोगका लागि आवश्यक पर्ने धान भण्डारण गरी बढी भएको धान किसानले स्थानीय व्यापारीलाई बिक्री गरेर हुने आम्दानीबाट वर्षभरिको खर्चको जोहो गर्छन् । रासस

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार