मुख्य समाचार
नेपालगन्जमा स्पा सञ्चालक पक्राउ | पर्यटन प्रवर्द्धन गर्न साँत बुँदे घोषणापत्र जारी | गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते | पोखरा–जोमसोम हवाई उडान पुनः सुरु | स्वीस सरकारबाट नेपालको ‘टिभेट’ सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता | सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग | प्रतिनिधिसभाः ‘छोरी बचाउन राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्न माग | उपल्लो मुस्ताङ जाँदै पर्यटक | सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व सङ्कलन | बेलहिया सीमा क्षेत्रमा प्रहरीको कारबाही: कारसहित साढे ३१ लाखको सामान बरामद |

भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ

Ujyalosandeshonline 12132+ समाचार ( )
८ अशोज २०८१, मङ्गलबार

झापा । झापामा दुई वटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बीएण्डसी अस्पतालका सञ्चालक समेत रहेका दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेसँगै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तरगतका नागरिक प्रतिरक्षा बल (पीडीएफ)ले झापाको यातायात बन्दको घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण चन्दले ट्रक आगजानीमा संलग्न रहेको आरोपमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तरगतका नागरिक प्रतिरक्षा बलमा आवद्ध झापा हल्दिवारी गाउँपालिका– १ का ४० बर्षीय भिम लिम्बू तुम्वापो र नागरिक प्रतिरक्षा बलकै कार्यकर्ता झापा बिर्तामोड नगरपालिका–७ का ३९ बर्षीय बिजय चौधरीलाई पक्राउ गरिएको बताए ।

प्रवक्ता चन्दका अनुसार पक्राउ परेका दुवै जनलाई अपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएर अनुसन्धान अघि बढाइएको जानकारी दिए । ट्रक आगजानीमा संलग्न केही व्यक्ति फरार रहेको र खोजीकार्य जारी रहेको जानकारी दिए ।

सो समूहले कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा युपी ५७ एटी ४४९३ नम्बरको र बिर्तामोड नगरपालिका ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा डब्लुबी ७३ इ ३०५६ नम्बरको भारतीय मालवाहक ट्रकमा आगजनी गरेका थिए । आगजानीबाट घाइते भएका दुवै ट्रकका चालकहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार