मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |

पुल मर्मत गर्न अझै दुई दिन लाग्ने, डाइभर्सनका निर्माण सामाग्री बोकेका गाडी रोकिए

Ujyalosandeshonline 11004+ समाचार ( )
२० श्रावण २०८२, सोमबार

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने मुख्य सडक खण्ड शनिवार बिहानदेखि ठूला सवारीसाधनका लागि पूर्ण रूपमा अवरुद्ध छ। रामेछापको मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ को सिमानामा पर्ने भटौली खोलाको पक्की पुलमा बाढीले क्षति पु¥याएपछि सडक अवरुद्ध भएको हो ।

खाँडादेवीपट्टिको पिलर पछाडिको भाग बाढीले कटान गरेपछि पुल प्रयोग प्रयोगमा आउन सकेको छैन । पुलमा क्षति पुगेसँगै साना सवारीसाधनबाहेक सबै ढुवानी साधनको सञ्चालन रोकिएको छ। बाढीले पुलको पिलरमा प्रत्यक्ष असर गरेपछि संरचनाको सुरक्षा जोखिम बढेको छ। स्थानीयका अनुसार गएको असोजमा आएको बाढीले सो पिलर पट्टिको भागमा खोलाले क्षति पुर्याएको थियो । तर त्यति बेला ध्यान नदिँदा यस पटक ठुलो क्षति भएको हो।  

सो पुल सञ्चालनमा नहुँदा खाँडादेवी गाउँपालिकातर्फबाट आएका १५ टनभन्दा बढी तौलका मालवाहक सवारी साधन सडकमै रोकिएका छन्। यीमध्ये अधिकांश  मरिण डाइभर्सनका सामान बोकेका ढुवानीका गाडीहरू छन्  । सुनकोशी–मरिन डाइभर्सन आयोजनाका लागि वीरगञ्जबाट सामान लिएर आएका ट्रकहरू पुल नहुँदा खाँडादेवीको पकरबासमा रोकिएका चालक सिर्जन तामाङले जानकारी दिए।  सुनकोशीको खुर्काेटमा रहेको पुलले बढी भार भएका गाडी नथेग्ने भएकोले त्यस्ता साधनहरू यही बाटो हुँदै सेलघाट जाने गर्दछन् ।  

रामेछाप सदरमुकामबाट खाँडादेवी, दोरम्बा र सुनापतिलाई जोड्ने यो पुल काठमाडौं र तराइ जाने वैकल्पिक सडकको पुल हो । गतवर्ष असोजमा सुनकोशी नदीमा आएको बाढीले मन्थली–सिन्धुली सडक खण्ड अन्तर्गतको खुर्कोट पुल बगाएपछि सो स्थानमा वैकल्पिक रूपमा बेली ब्रिज जडान गरिएको थियो। तर सो ब्रिजबाट १५ टनभन्दा बढी तौलका सवारीसाधन सञ्चालनमा रोक लगाइएपछि सबैभन्दा भरपर्दो विकल्पको रूपमा भटौली खोलाको यो पुल प्रयोग हुँदै आएको थियो । अहिले यो पुलसमेत अवरुद्ध भएपछि सो क्षेत्रको यातायात व्यवस्थामा थप समस्या उत्पन्न भएको छ।

पुलको मर्मत तीव्र गतिमा अगाडि बढाइएको पूर्वाधार विकास कार्यालय रामेछापले जनाएको छ । अबको दुई दिनभित्र पुल सञ्चालनमा ल्याउने तयारी रहेको कार्यालयका प्राविधिकले जानकारी दिए । यो पुल आर्थिक वर्ष २०७१÷०७२ मा स्विस सरकारको सहयोगमा ‘स्थानीय सडक पुल कार्यक्रम’ अन्तर्गत निर्माण गरिएको थियो। स्वच्छन्द सिर्जना जेभीले करिब चार करोड रुपैयाँ लागतमा निर्माण गरेको ४० मिटर लामो पक्की पुल वैकल्पिक सडक मार्गका हिसाबले रामेछाप जिल्लाका लागि रणनीतिक रूपमा अति महत्त्वपूर्ण मानिन्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार