मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ : शंकर पोखरेल

Ujyalosandeshonline 12548+ समाचार ( )
७ मंगशिर २०८१, शुक्रबार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले महाकाली सन्धिको नाममा पार्टीलाई विभाजित गर्ने प्रयास भइरहेको बताएका छन् । 

काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै महाकाली सन्धिलाई अगाडि बढाउने प्रयत्न गर्दा पार्टीलाई बदनाम गर्ने कोशिस मात्र नभई विभाजित गर्ने समेत प्रयास भएको बताएका हुन् । 

उनले भने, ‘पार्टीलाई समाप्त पार्नको लागि अनेक प्रकारको प्रपञ्च गरिएका छन् । पहिले महाकाली सन्धिको नाममा विभाजित गर्ने दुष्प्रयत्न गरियो । महाकाली सन्धि बास्तवमा नेपालको राष्ट्रिय हितको विपक्षमा हुन्थ्यो भने त्यो सन्धि उहिल्यै कार्यान्वयनमा गइसकेको हुन्थ्यो । नेपालको सन्दर्भमा जलस्रोतको उपयोगको सन्दर्भमा सबैभन्दा राष्ट्रवादी सन्धिका रुपमा एकीकृत महाकाली सन्धिलाई अगाडि बढाउने प्रयत्न गर्दा हाम्रो पार्टीलाई बदनाम गर्ने कोशिस मात्र भएन मात्र हाम्रो पार्टीलाई विभाजित गर्ने प्रयास भयो ।’ 

उनले एमालेका पार्टीलाई समाप्त पार्न प्रयास भएता पनि कार्यकर्ताले  पार्टीको रक्षाको लागि चट्टान बनेर खडा भएको बताए । उनले भने,‘तर यही कार्यकर्ता पंक्तिजसले  पार्टीको रक्षाको लागि चट्टान बनेर खडा भयो । विभाजित गरिएको पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाएर राष्ट्रको नेतृत्व गर्ने पार्टीको रुपमा स्थापित गर्ने कुरामा यसले भूमिका खेलेको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार