मुख्य समाचार
राजमार्गमा पहिरो | प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’ | चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण | सशस्त्र प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराई प्रशंसापत्रसहित सम्मानित | बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा | रास्वपा रोहिणी-४ मा टोल समिति गठन, सभापतिमा नागेश्वर कुर्मी | मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो | ‘लुम्बिनी प्रदेशको पर्यटन अर्थतन्त्रको मेरुदण्ड’ | सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की | सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते |

सरकार गठनको एक वर्षमै आर्थिक सूचकहरु सकारात्मक : प्रधानमन्त्री ओली

Ujyalosandeshonline 12124+ समाचार ( )
३० असार २०८२, सोमबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको एक वर्षमा मुलुकका आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ अघि बढेको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय महत्वका विकास आयोजना तीव्र गतिमा अघि बढिरहेको उल्लेख गरेका हुन् ।

उनले अघिल्लो कार्यकालमा समयसीमा तोकेर काम गर्ने परिपाटी नरहेको जनाउँदै हाल त्यसको सुरुवात भएको दाबी गरे । ‘हामी सरकारमा आएको एक वर्ष पुग्दैछ । यस बीचमा मुलुकको आर्थिक सूचकांकहरू सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको छ,’प्रधानमन्त्री ओलीले लेखेका छन् ।

उनले नागरिक सेवा प्रवाहमा सुधार ल्याउन आवश्यक कानुन संशोधन गरिएको जनाउँदै सेवा लिन लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भई अनलाइन प्रणालीतर्फ उन्मुख भइसकेको बताए ।

‘टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरुवात भएको छ,’ओलीले लेखे, ‘गर्नुपर्ने धेरै कामहरू छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ ।’ प्रधानमन्त्री ओलीले आफ्नो सन्देशको अन्त्यमा सबै नागरिकप्रति नमन व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार