मुख्य समाचार
सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा | नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा | भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली |

अझै पनि ऊर्जाको स्रोतमा दाउराको प्रयोग

Ujyalosandeshonline 12196+ समाचार ( )
१३ जेठ २०८३, बुधवार

काठमाडौँ । पछिल्ला वर्षहरूमा विद्युत् विस्तार उल्लेख्यरूपमा वृद्धि भए पनि ऊर्जाको स्रोतमा अझै पनि दाउराको प्रयोग अत्यधिक भइरहेको पाइएको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार, गत वर्षको तुलनामा चालु आवको आठ महिनाको अवधिमा झिनो मात्रामा मात्रै दाउराको प्रयोग घटेको छ ।

आव २०८१/८२ को फागुन मसान्तसम्ममा ऊर्जाको स्रोतका रुपमा ५१ दशमलव नौ प्रतिशत दाउरा प्रयोग भएको थियो । चालु आवको सोही अवधिसम्म ४८ दशमलव नौ प्रतिशत प्रयोग भएको छ । यस्तै, कृषि अवशेष चार दशमलव सात प्रतिशत, गुइँठा एक दशमलव तीन प्रतिशत, पेट्रोलियम पदार्थ २१ दशमलव आठ प्रतिशत, विद्युत् १२ दशमलव एक प्रतिशत र नवीकरणीय ऊर्जा दुई दशमलव एक प्रतिशत बराबर रहेको छ ।

गत फागुन मसान्तसम्म परम्परागत, व्यापारिक र नवीकरणीय स्रोतबाट गरी आठ हजार २४ टन बराबरको (टन अफ आयल इक्भ्यिालेन्ट) ऊर्जा खपत भएको छ । यस्तै, नवीकरणीय ऊर्जा स्रोतबाट विद्युत्को पहुँच पुगेको जनसङ्ख्या आठ दशमलव छ प्रतिशत बराबर पुगेको छ । गत आवको फागुन मसान्तसम्म त्यस्तो ऊर्जाको पहुँच पुगेका जनसङ्ख्या मात्रै आठ दशमलव पाँच प्रतिशत बराबर थियो ।

आव २०८१/८२ मा घरायसी बायोग्यासतर्फ चार हजार ३८६ प्लान्ट जडान भएकामा चालु आवको फागुन मसान्तसम्म चार हजार ६२७ प्लान्ट जडान भएको छ । आव २०८१/८२ मा सौर्य ऊर्जा प्रविधिभित्र ६२ दशमलव सात मेगावाट विद्युत् उत्पादन भई विद्युतीकरण भएकामा चालु आवको फागुन मसान्तसम्म ११८ किलोवाट बराबर विद्युत् उत्पादन भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार