मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |

भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान

Ujyalosandeshonline 12208+ समाचार ( )
११ पौष २०८१, बिहीबार

भैरहवा । भैरहवामा अत्याधुनीक विद्युतीय प्रणाली जडान गरिएको छ । रुपन्देहीको सदरमुकाम  सिमावर्ती शहर  भैरहवालाई व्यवस्थित र सुरक्षीत बनाउने हेतुले सिद्धार्थनगर नगरपालीकाले अत्याधुनिक विद्युतीय प्रणाली ‘अटोमेटिक नम्बर प्लेट रिकोनाइजेशन सिस्टम’ एएनपिआर जडान गरेको हो ।

सडकमा हुनेसवारी दुर्घटना देखि विभिन्न अपराधमा संलग्न रहेका व्यक्तिको पहिचान गर्न ‘अटोमेटिक नम्बर प्लेट रिकोनाइजेशन सिस्टम’एएनपिआर जडानले ठूलो सहयोग हुने हुदा यो प्रविधिको जडान  गरिएको हो ।जडान गरिएको अत्याधुनिक प्रविधिले भैरहवाको ट्राफिक व्यवस्थापनसँगै सुरक्षा निकायलाई अपराध नियन्त्रणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने सिद्धार्थनगर नगरपालीकाका प्रमुख मेयर ईस्तियाक अहमद खाँले बताए ।

उनले भैरहवालाई सुरक्षीत पार्न देवकोटा चोक, गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल अगाडी र वेलहीया वाईपासमा एनएनपिआर क्यामरा जडान गरेको बताएका छन। यसबाट सवारी दुर्घटनमा संलग्न सवारीसाधनको पहिचान मात्र नभई नेपाल सरकारले खोजी सूचीमा राखेका व्यक्तिको समेत कुनैपनि बेला पहिचान गरी अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । 

सिद्धार्थनगर नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले यो प्रणालीले उज्यालोमा मात्र नभई रातिको अँध्यारोमा समेत बाहनको नम्बर प्लेट, रङको पहिचान गर्नुका साथै खोजी सूचीमा रहेका व्यक्तिले मास्क वा अन्य जुनसुकै वस्तु लगाएपनि पहिचान गरी तत्कालै जानकारी दिनसक्ने बताए । जसका कारण प्रहरीलाई अपराध नियन्त्रणमा समेत सहयोग पुग्ने उनले बताए ।  उनका अनुसार यसबाहेक सिद्धार्थनगर नगरपालीकाले भैरहवाका अन्य १८ स्थानमा सिसिटीभी क्यामरा जडान गरेर नगरका गतीबीधीहरु निगरानी गर्दै आएको पनि बताए  ।

बुद्धचोक, मायादेवि तरकारी बजार छिर्ने चोक, बसडिलहवा जाने चोक, ब्रमेलीटोल, जनकपथ, देवकोटा चोक, मिलचोक, बिद्रोही चोक, भाजुरत्नचोक, आँखा अस्पताल, मेउडीहवा, उद्योगपुरी, मायादेवि चोक, भैरहवा क्याम्पस अगाडी, बसपार्क, निमार्ण चोक लगायतका स्थानमा सिसिटीभी क्यामरा जडान गरीएको नगरपालीकाका सुचना प्रविधी अधिकृत तपन पाण्डेले जानकारी दिए । अवाश्यकताको आधारमा थप एएनपिआर र सिसिटीभी क्यामरा जडान गर्ने योजना नगरपालीकाको रहेको उनले बताएका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार