मुख्य समाचार
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ |

रोहिणी–५ पिपरहवामा स्वास्थ्य चौकी निर्माण हुँदै

Ujyalosandeshonline 12206+ समाचार ( )
१९ वैशाख २०८१, बुधवार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ५ मा स्वास्थ्य चौकी निर्माण हुने भएको छ । रोहिणी–५ वडा कार्यालयको छेउमा बन्ने पिपरहवा स्वास्थ्य चौकी भवनको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, उपाध्यक्ष शिवकान्ति हरिजन र रोहिणी–५ का वडाअध्यक्ष घनश्याम सिंह क्षेत्रीले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

२ करोड १८ लाख रुपैयाँको लागतमा सुविधासम्पन्न स्वास्थ्य चौकी निर्माण हुने सम्झौता भएको गाउँपालिकाका अध्यक्ष यादवले बताए । उनले भने, ‘भवन शिलान्याससँगै अब निर्माण काम तीव्र रुपमा अघि बढ्छ । ’ स्वास्थ्य चौकी निर्माण भएपछि वडा नम्बर ५ सँगै ४ र ६ का नागरिक पनि स्वास्थ्य सेवाबाट लाभान्वित हुने उनले बताए । संघ सरकारको ५० प्रतिशत र गाउँपालिकाको ५० प्रतिशत साझेदारीमा ३ तल्ले स्वास्थ्य चौकी भवन बन्ने अध्यक्ष यादवले जानकारी दिए । उनका अनुसार अबको डेढ वर्षमा भवन निर्माण सम्पन्न हुनेछ ।

भवन शिलान्यास कार्यक्रममा रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्री, ६ का अध्यक्ष इन्द्रमान चौधरी, गाउँकार्यपालिका सदस्य, वडा सदस्यहरु, कर्मचारी, स्वास्थ्यकर्मी, स्थानीयबासीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार