मुख्य समाचार
कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न | सांसदको स्वीकय कर्मचारी नियुक्ति सम्बन्धमा संसद् सचिवालयको सहजीकरण |

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

Ujyalosandeshonline 11767+ समाचार ( )
९ चैत्र २०८०, शुक्रबार

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । मदिरा (शराव) घोटाला काण्डमा पटक–पटक बयान दिन बोलाउँदा नआएपछि उनलाई बिहीबार राति भारतीय प्रवर्तक निर्देशनालय ईडीले पक्राउ गरेको हो । 

केजरीवालविरुद्ध ईडीको टोली सर्च वारेन्ट लिएर घर पुगेको थियो । घरमै २ घण्टासम्म सोधपुछ गरेपछि नियन्त्रणमा लिइएको थियो । बिहीबार दिउँसो उच्च अदालतले दिल्लीका मुख्यमन्त्रीको गिरफ्तारीमा रोक लगाउने निवेदन खारेज गरेपछि सुरक्षा तयारीका साथ ईडीको टोली उनको निवास पुगेको थियो । 

ईडीले लगातार नवौं पटकसम्म बयानका लागि उपस्थित हुनका लागि आग्रह गर्दा केजरीवाल गएका थिएनन् । उल्टै ईडीविरुद्ध अदालत गएका उनको अपिल विहीबार खारेज भएपछि ईडीले नियन्त्रणमा लिएको हो ।

केजरीवालको पार्टी आम आदमीले सर्वोच्च अदालतमा अपिल गर्दै तत्काल सुनुवाइ गर्न पनि माग गरेको छ । मुख्यमन्त्री पक्राउ परेपछि दिल्लीकी शिक्षा मन्त्री आतिशीले केजरीवाल नै दिल्लीको मुख्यमन्त्री रहने र जेलबाट सरकार चलाउने प्रतिक्रिया दिएकी छन् । 

अन्ना हजारेको भ्रष्टाचार विरोधी अभियानमा सक्रिए भएका बेला सन् २०१२ मा केजरीवालले आम आदमी पार्टी बनाएका थिए । २०१३ को विधानसभा चुनावमा झाडु चिन्ह लिएर चुनाव जितेपछि लगातार दिल्लीको मुख्यमन्त्री छन् । 

सन् २०२१ मा दिल्लीमा मदिरा (सराव) विक्रेतामा ६० प्रतिशत सरकारी र ४० प्रतिशत निजी कारोबारी रहेकोमा नयाँ नीति ल्याएर शतप्रतिशत निजी क्षेत्रलाई जिम्मा दिएका थिए । यही विषयमा भारतीय जनता पार्टी भाजपाले विरोध गर्दै आएको थियो । 

गत वर्ष उक्त नीति केजरीवाल सरकारले फिर्ता लिए पनि यसको छानविनका क्रममा उपमुख्यमन्त्री मनीष सिसोदिया र राज्यसभा सांसद सञ्जय सिंह हिरासतमा छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार